Advertisement

आयोगले राप्रपा नेपालमा कमल थापा अध्यक्ष भएको निवेदन अध्यावधिक गर्यो

0 235

Advertisement

०६ फागुन, काठमाडौं । राप्रपा नेपालमा अध्यक्ष कमल थापा बनेको जानकारी दिई अध्याबधिक गर्न निर्बाचन आयोगमा पार्टीले दिएको निबेदन सदर गर्दै आयोगले अद्यावधिक गरेको छ । आयोगले पार्टीलाई आज प्रेषित गरेको पत्रमा राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा तामाङको राजिनामा भई अध्यक्ष कमल थापा भएको पत्र प्राप्त भएको जनाएको छ ।

पत्रमा राजनितिक दल सम्बन्धि र एे २०७३ को दफा ५१ र राजनीतिक दल नियमावली २०७४ को नियम २५ बमोजिम दलको केन्द्रिय समिती हेरफेर भएको अध्याबधिक गरि अभिलेख राख्ने र दललाई जानकारी दिने आयोगले निर्णय गरेको राप्रपा नेपालका नेता सुशील श्रेष्ठले जानकारी दिए । आयोगले पठाएको पत्र आजै पार्टीको केन्द्रिय सचिवालयमा प्राप्त भएको र अध्यक्ष कमल थापा समक्ष पेश गर्दै जानकारी गराएको समेत नेता श्रेष्ठले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.