Advertisement

विश्व हिन्दू युवासङ्घको सम्मेलन देवघाटमा

0 144

Advertisement

२७ माघ, चितवन । विश्व हिन्दू युवासङ्घको पहिलो राष्ट्रिय सम्मेलन देवघाटको बागेश्वर आश्रममा हुने भएको छ । फागुन ८ देखि १० गतेसम्म सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशभरबाट ७०० हाराहारी प्रतिनिधि सहभागी हुनेछन् ।

सङ्घका केन्द्रीय अध्यक्ष ऋषिकेशजङ्ग शाहका अनुसार सङ्घको हालसम्म गरेका गतिविधि, भावी रणनीति र सरकारलाई दिइने सुझावका विषयमा छलफल गरिने छ । सङ्घले गोरक्षनाथ, गाई र गाँजाका विषयमा बहस उठाउँदै आएको छ । पूर्वीय दर्शनलाई नेपालले अँगाल्नुपर्छ भन्ने मान्यताका साथ सङ्घले काम गर्ने उहाँको भनाइ छ । गोरक्षनाथ राजनीतिक दर्शन हो भने गाई स्वास्थ्य विज्ञानसँग समेत जोडिएको शाह बताउनुहुन्छ ।

देशभरमा ४५ जिल्लामा सङ्घको शाखा छ । विश्वमा २५ देशमा शाखा रहेको शाहले जानकारी दिनुभयो । सङ्घका जिल्ला अध्यक्ष श्याम पौडेलले पहिलो सम्मेलन हुन लागेको भन्दै तयारीमा जुटेको बताउनुभयो । सहभागीलाई देवघाटका आश्रमहरूमा बस्ने व्यवस्थापन गरिएको छ । उहाँले भन्नुभयो, “हामी रु १० लाखभित्र सम्मेलन सम्पन्न गर्ने गरी तयारीमा जुटेका छौँ”, सङ्घ विश्व हिन्दू महासङ्घअन्तर्गत युवाहरुको संस्था हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.