Advertisement

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

0 494

Advertisement

१५ माघ, काठमाडाैँ । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । शनिबार साढे ९ बजेपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बसिरहेको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरुको उपस्थिति रहेको छ। बैठकमा आगामी निर्वाचनका विषयमा छलफल जारी रहेको जनाइएको छ। बैठकमा स्थानीय तहसँगै प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल हुनाको साथै राष्ट्रिय सभा निर्वाचनका विषयमासमेत समीक्षा हुने कार्यक्रम रहेको छ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान छलफल गरेका थिए।

तीन नेताबीच छलफल भएपछि शनिबार सत्ता गठबन्धनको बैठक बसेको हो। निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएपछि कानुनविद्हरुले संविधान र निर्वाचनसम्बन्धी ऐन एक आपसमा बाझिएकाले सुल्झाएर अघि बढ्न सुझाव दिएका थिए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.