Advertisement

बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

0 454

Advertisement

१५ माघ, काभ्रेपलाञ्चोक । बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ । खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र १४ वडा तथा पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन दुई उपभोक्ता समिति र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीच सम्झौता भएको हो ।

बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर तामाङ, पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सीताराम ढुङ्गाना र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठबीच शुक्रबार बनेपामा छुट्टाछुट्टै सम्झौता गरिएको छ । दुवै खानेपानी आयोजनाअन्तर्गत ‘एक घर–एक धारा’ बितरण हुनेछ । सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्धारित समयमै दुवै आयोजना सम्पन्न हुनेगरी प्रक्रिया थालिएको बताउनुभयो ।

यसै आर्थिक वर्षबाट रु नौ करोड ८४ लाख ६९ हजार ९०८ को लागतमा निर्माण सुरु ह्ुने साँगा खानेपानी आयोजना आर्थिक वर्ष २०८१-२०८२ भित्र सम्पन्न हुने जनाइएको छ । सो आयोजनाबाट बनेपा नगरस्थित १३ र १४ वडाका ८७८ परिवारका पाँच हजार २१२ नागरिक लाभान्वित हुने खानेपानी आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

श्रेठका अनुसार साँगा खानेपानी आयोजनाका लागि २८ किलोमिटर पाइप बिछ्याइनेछ । आयोजनाको कूल लागतको ८० प्रतिशत रकम सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यस्तै, पाँचखाल नगरको ५ नम्वर वडामा ८८४ परिवारका पाँच हजार २६३ नागरिकका लागि निर्माण हुने खानेपानी आयोजना निर्माणका लागि रु दश करोड ५८ लाख ५३ हजार ४८४ को लागत हुनेछ । सरकारको ८० प्रतिशत र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौता भएको छ । यस आयोजनाअन्र्तगत ३१ किलोमिटर पाइप लाइन बिस्तार गर्नुपर्नेछ । उक्त आयोजना आव २०८०-२०८१ भित्र निर्माण सम्पन्न हुनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.