Advertisement

रासायनिक मल कारखाना सञ्चालन गर्ने बागमती प्रदेश सरकारको तयारी

0 537

Advertisement

१० माघ, काठमाडाैँ । बागमती प्रदेश सरकारले कृषि औजार र रासायनिक मल कारखाना स्थापनाको तयारी गरेको छ। प्रदेश सरकारले कारखामना सञ्चालनका लागि जग्गा खोजी गर्न थालेको हो।

प्रदेशको गठबन्धन सरकारको साझा कार्यक्रममा सङ्घीय सरकार र निजी क्षेत्रसँगको संयुक्त लगानीमा बागमती प्रदेशमा रासायनिक मल कारखाना स्थापनालाई प्राथमिकतामा राखेसँगै मल कारखाना स्थापना गर्न पहल थालिएको हो।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कृषि औजार र रासायनिक मल कारखाना स्थापनाका लागि उपयुक्त जग्गाको खोजीको क्रममा आइतबार हेटौँडा औद्योगिक क्षेत्रको अवलोकन गरेका थिए।

मुख्यमन्त्री पाण्डेसँगै रासायनिक मल कारखाना स्थापनामा लगानी गर्न इच्छुक थाइल्यान्डका लगानीकर्तासहितको टोली सहभागी रहेको थियो।

मुख्यमन्त्री पाण्डेको टोलीले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग, वनस्पति घिउ उद्योग, उद्योग स्थापना गर्न सम्झौता गरेको लामो समयसम्म उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण सुरु नगरेको साउथ एसिएन ब्रुअरी उद्योगलगायतका खाली जग्गा हेरेको छ। औद्योगिक क्षेत्रमा खाली जग्गाको निरीक्षण गर्दै कृषि औजार र रासायनिक मल कारखाना स्थापनाका लागि उपयुक्त र आवश्यक जग्गा भए÷नभएकोबारेमा जानकारी लिएका थिए।

यसअघिको प्रदेश सरकारले कृषि औजार कारखाना स्थापनाका लागि नीति तथा कार्यक्रममा राखेर विस्तृत परियोजना प्रस्ताव तयार गरी हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने सार्वजनिक गरे पनि सरकार परिवर्तनसँगै रोकिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.