Advertisement

बहुतले मेकानिकल पार्किङ बनाउँदै नगर विकास कोष

0 267

Advertisement

०९ माघ, काठमाडाैँ । नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना सञ्चालन गर्दै आएको नगर विकास कोषले काठमाडौंमा बहुतले मेकानिकल पार्किङ बनाउने भएको छ । कोषले बहुतले मेकानिकल पार्किङ बनाउने तयारी स्वरुप यसमा लगानी गर्न प्रस्ताव आव्हान गरेको छ ।

काठमाडौंमा पछिल्लो समय पार्किङको समस्या बढ्दो छ । सवारीसाधनहरुको संख्या चाप बढ्दै जाँदा खुला ठाउँहरुको अभाव छ । यसले उपत्यकामा अव्यवस्थित पार्किङ बढ्दो छ । अव्यवस्थित पार्किङको समस्या समाधान व्यवस्थापन गर्न यो योजना ल्याइएको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बताए ।

उक्त परियोजनामा लगानी गर्नका लागि काठमाडौं महानगरपालिकाभित्र कम्तिमा आठ आना भन्दा बढी क्षेत्रफल भएको जग्गा हुनुपर्ने छ ।आयोजना निर्माण गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाहरुले १५ दिन भित्र आवश्यक कागजात सहित विकास कोषको कार्यलयमा पेश गर्नु पर्ने बताइएको छ ।

काठमाडौंका थापालथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कलंकी, कुलेश्वर, बल्खु, लगायतका मुख्य व्यावसायिक सडक छेउहरु वा दोहोर प्रवेशमार्ग भएको भित्रि जग्गाहरुमा पार्किङस्थल निर्माण गर्न सकिने कोषले जनाएको छ ।

प्रस्ताव पेश गर्नका लागि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघ संस्थाको नविकरणसहितको प्रमाणपत्रको प्रतिलिपि, प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णय आवश्यक पर्ने कोषले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.