Advertisement

पाकिस्तानको लाहोरमा बम विष्फोट हुँदा कम्तिमा दुईको मृत्यु, २२ घाइते

0 163

Advertisement

०६ माघ, एजेन्सी । पाकिस्तानको लाहोरस्थित एउटा व्यस्त व्यापारिक भवनमा बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका पाकिस्तानी प्रहरी र अन्य सरकारी अधिकारीहरूले बताएका छन् ।

लाहोर प्रहरीका प्रवक्ता राना आरिफले एएफपीसँग भन्नुभयो, “प्रारम्भिक अनुसन्धानबाट यो विष्फोट मोटरसाइकलमा जडित विष्फोटक पदार्थ (टाइम वम) भएको बुभिएको छ ।”

पुरानो लाहोरको व्यस्त अनारकली सपिङ क्षेत्रमा भएको विस्फोटमा एक बालक सहित दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीले पनि घटनामा दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको पुष्टि गरेको छ ।

आक्रमणको तत्काल कुनै समूहले जिम्मेवारी लिइसकेको छैन । तर डिसेम्बरदेखि प्रहरीविरुद्ध एकपछि अर्को विस्फोट र आक्रमण भएको छ । सरकार र पाकिस्तानका तालिबानबीच भएको झडप मारमा परेको थियो ।

यसअघि अफगान तालिबानसँग निकट रहेको तेह्रेक–ए–तालिबान पाकिस्तान (टीटीपी) उक्त क्षेत्रमा हुने अधिकांश घटनाहरूमा जिम्मेवार रहने गरेको भन्दै सरकारी अधिकारीले यस घटनालाई पनि सोही समूहसँग जोडेर हेरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.