Advertisement

प्रदेश २ को प्रदेश सभामा राजधानी तथा नामाकरणसम्बन्धी छलफल सकियो

0 189

Advertisement

३ माघ काडमाडौं । प्रदेश २ को प्रदेश सभामा राजधानी तथा नामाकरण सम्बन्धी प्रस्तावमाथिको छलफल सकिएको छ ।

प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनले प्रस्ताव गरेका नाम र राजधानीबारे आइतबारदेखि छलफल शुरु भएको थियो । र सोमबार पनि चल्यो ।

सोमबार धारणा राख्ने सांसदहरु अशोककुमार यादव, सञ्जयकुमार, डिम्पलकुमारी झा, उपेन्द्र महतो, मञ्जुकुमारी यादव र सत्रुधन महतोले मधेश प्रदेश र जनकपुर राजधानी हुनुपर्ने बताए ।

सांसद मनोजकुमार सिंहले प्रदेशको नाम जानकी र राजधानी जनकपुर राखिनुपर्ने बताए । ‘कम्युनिस्टहरु धार्मिक भन्छन् । जनकी यो धार्मिक कुरा होइन यो इतिहास हो ’ उनले भने ।

सांसद रामसरोज यादवले नाम मिथिला भोजपुरा र राजधानी जनकपुर हुनुपर्ने बताए । सांसद रमेशप्रसाद कुरुङले नाम मधेश प्रदेश र राजधानी वीरगञ्ज हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका प्रदेश नम्बर २ का सदस्य राम सरोज यादवले भने प्रदेश २ को नाममाथिको भोटिङ तत्काललाई स्थगन गर्ने प्रस्ताव गरे । ‘यदि अवस्था र परिस्थिति मिल्छ भने राजधानीबारे भोटिङ गरेर बसौं र नामकरणबारे फेरि पनि छलफल गरौं’ उनले भने ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.