Advertisement

इन्टेरियर डिजाइनको प्रयोग र विकासको लागि सरकारले सहयोग गर्छ: मन्त्री झाँक्री

0 514

Advertisement

२५ पुस, काठमाडाैँ । सहरी विकासमन्त्री माननीय रामकुमारी झाँक्रीले इन्टेरियर डिजाइन क्षेत्रको प्रयोग र विकासको लागि सरकारले आवश्यक पाइलाहरु चाल्ने बताएकी छिन् ।

इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपाल (आइडिया नेपाल) को शनिबार सम्पन्न साधारण सभामा उनले सो बताएकी हुन् ।

लैनचौर ब्यान्केट काठमाण्डौंमा आयोजित कार्यक्रमका प्रमुख अतिथी मन्त्री झाँक्रीले इन्टेरियर डिजाइन क्षेत्रको प्रयोग र विकासको लागि सरकारले सहयोग गर्ने बताएकी हुन् ।

कार्यक्रमको सभापतित्व गरेका आइडिया नेपालका अध्यक्ष श्रीमती बिन्द्रा प्रधानले आइडिया नेपाल इन्टेरियर डिजाइनको उत्थान र प्रगतिको निम्ति लागिपर्ने र इन्टेरियर डिजाइन प्रत्यक्ष अप्रत्यक्ष रुपमा व्यवस्थित बसोबास, जनताको जीवनशैली, सामाजिक सभ्यता र कुनै पनि कार्यालय वा कार्यक्षेत्रको प्रडक्टीभिटीसँग सम्बन्धित विषयवस्तु भएको हुनाले सरकारले पनि नीति नियम बनाउँदा इन्टेरियर डिजाइन सम्बन्धि बिषय वस्तु पनि समग्रमा समावेश गर्न आग्रह गरिन् ।

कार्यक्रममा नेपाली आर्किटेक्ट क्षेत्रमा सराहनीय कार्य र योगदानको लागि रविन्द्र पुरीलाई विशेष सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.