Advertisement

ट्रस प्रविधिको झोलुङ्गे पुल निर्माण

0 341

Advertisement

१६ पाैष, म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको अस्कारेखोलामा निर्माण भएको ट्रस प्रविधिको झोलुङ्गे पुलबाट तीन वडाका ७०० घरधुरी लाभान्वित भएका छन् । धौलागिरि गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरी कूल रु ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो ।

टिबिएसयुको प्राविधिक र गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोगमा निर्माण भएको सो पुलबाट धौलागिरिको मल्कवाङ, मराङ, आरवाङ, हाङवाङ, औसीवाङ, भेडीखाल्टा र रघुगङ्गाको कुइनेका ७०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष जित गर्बुजाले जानकारी दिनुभयो ।

पुलको बिहीबार धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले शुभारम्भ गर्दै भन्नुभयो, “स्थानीयवासीलाई सुरक्षितरूपमा आवतजावत गर्न पुलले सुविधा पुगेको छ । गत वर्ष सुरु भएका सातमध्ये सबैभन्दा पहिले आस्कारे खोला पुल निर्माण सकिएको हो ।”

यसैगरी धौलागिरि–७ धारापानीमा रहेको किसानी माविलाई बिहीबार सात थान कम्प्युटर हस्तान्तरण गरिएको छ । सङ्गम म्याग्दीका अध्यक्ष दीपक पौडेल र प्रशासन तथा वित्त प्रमुख सुमी जिसीले विद्यालयका प्रअ धु्रव भण्डारी र शिक्षक अभिभावक सङ्घका अध्यक्ष रामबहादुर खत्रीलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धौलागिरि गाउँपालिकाको समन्वय र सङ्गम म्याग्दीको सहजीकरणमा सञ्चालित होप विद्यालय परियोजनाअन्तर्गत कम्प्युटर उपलब्ध गराइएको सङ्गमका अध्यक्ष पौडेलले बताउनुभयो ।

पहिराबाट क्षतिग्रस्त भवन स्थानान्तरणका लागि परियोजनाको रु ८० लाख सहयोगमा किसानी माविको धारापानीमा चारकोठे भवन निर्माणाधीन छ । प्रतिगोटा रु ६९ हजारका दरले कूल रु चार लाख ८३ हजार मूल्य बराबरको सात थान कम्प्युटर उपलब्ध गराएको उहाँले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.