Advertisement

माओवादी महाधिवेशन : समूहगत ब्रिफिङ सकिएपछि स्थायी समिति बैठक बस्ने

0 619

Advertisement

१५ पुस, काठमाडाैँ । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पाँचवटा समूहले आफ्नो प्रस्तुति राख्न बाँकी छ।आइतबारदेखि जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहगत टिप्पणी प्रस्तुत भइरहेको छ।

माओवादीमा प्रतिवेदनमाथिको छलफलका लागि २५ समूह बनाइएको थियो। बुधबार ११ वटा समूहले आफ्नो निष्कर्ष सुनाएका थिए भने बाँकीले आज प्रस्तुतीकरण गरिरहेका हुन्।

लुम्बिनी प्रदेशको तर्फबाट समूह प्रमुख सुदर्शन बराल मगर, ज्येष्ठ कम्युनिष्ट मञ्च समूहको तर्फबाट समूह प्रमुख कमरेड नन्दकुमार प्रसाई, गण्डकी प्रदेशको तर्फबाट समूह प्रमुख देवेन्द्र पराजुली, बागमती प्रदेशको तर्फबाट समूह प्रमुख इन्द्रबहादुर थिङले प्रस्तुति गरेका हुन्।

त्यस्तै सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामी, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख जगत सिंखडा, कर्णाली प्रदेशको तर्फबाट गोपाल शर्मा, सल्लाहकारहरुको समूह क को तर्फबाट चित्रबहादुर श्रेष्ठ, सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारीले आज प्रस्तुति गरिसकेका छन्।

बाँकीको प्रस्तुतिकरण सकिएसँगै आजै स्थायी समिति बैठक बस्ने भएको छ। केन्द्रीय सदस्यमा कसकसलाई समावेश गराउने भन्नेबारे बैठकमा छलफल हुने जनाइएको छ।

यसअघि नेता देव गुरुङको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको थियो। सबै ‘क्लस्टर’बाट केन्द्रीय समितिमा समावेश गराउनका लागि अध्ययन गर्न गुरुङ नेतृत्वको समिति गठन गरिएको थियो।

प्रतिवेदनमाथिको छलफल सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र केन्द्रीय समिति चयनको प्रकृया सुरु हुने माओवादी केन्द्रले जनाएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.