Advertisement

माओवादी केन्द्रीय समितिमा १०५ महिलाको प्रतिनिधित्व हुने, को-को पुग्लान् पदाधिकारीमा?

0 347

Advertisement

१० पुस, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका १७९ केन्द्रीय सदस्यमध्ये ३६ जना महिला छन्। यो भनेको २० प्रतिशतभन्दा केही बढी हो। समानुपातिक समावेशीको सबैभन्दा बढी वकालत गर्ने माओवादीको केन्द्रीय समितिमा अब भने ३५ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने तयारी छ। सम्मेलनपछि बन्ने २९९ सदस्यीय केन्द्रीय समितिको ३५ प्रतिशत अर्थात् १०५ जना महिला सदस्य हुनेछन्।

१०५ जना महिला केन्द्रीय सदस्य बनाउँदा प्रशस्तै नयाँ अनुहारले अवसर पाउनेछन्। तर पदाधिकारीमा भने अहिले केन्द्रीय सदस्य रहेकैहरुले अवसर पाउनेछन्।

‘सबैभन्दा बढी समानुपातिक समावेशिताको वकालत गर्ने पार्टी माओवादी नै हो। त्यसको जननी नै माओवादी हो। त्यहीँ पार्टीमा महिला सहित उत्पीडित समुदायको प्रतिनिधित्व भएन भने अरुले प्रश्न गर्ने अवस्था आउँछ’, माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले भनिन्, ‘त्यसैले केन्द्रीय समितिमा ३५ प्रतिशत महिला प्रतिनिधित्व हुनै पर्छ। तत्काल सम्भव नभए पदहरु रिक्त रहनुपर्छ।’

पार्टी केन्द्रीय समितिमा मात्रै नभएर पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरोमा समेत ३५ प्रतिशत महिला प्रतिनिधित्वको आवाज उठाइने उनले बताइन्।

यतिबेला माओवादी केन्द्रको पदाधिकारीमा महिला नेताको प्रतिनिधित्वको विषयलाई पनि चासोपूर्वक हेरिएको छ। उसले पदाधिकारीमा १५ सदस्य राख्ने तयारी गरेको छ।

उच्च तहका महिला नेतामध्ये पदाधिकारीमा दाबी गरिरहेकी नेता स्थायी समिति सदस्य पम्फा भुसाल हुन्। उर्जा, जलस्रोत तथा सिचाई मन्त्री भुसालले पार्टी महासचिवमा नै दाबी गरेकी छिन्।

भुसाल तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ सुरु गर्दाका १९ केन्द्रीय सदस्यमा एक्ली महिला हुन्। उनी नै पार्टी महासचिव बनेमा अन्य महिला नेताहरुमा पनि उत्साह आउने र अन्य पार्टीलाई पनि सन्देश दिन सकिने बुझाइ कतिपय महिला नेताहरुको छ। त्यसका लागि आफूहरुको सहयोग रहने उनीहरुको भनाइ छ।

भुसाललाई प्रतिस्पर्धामा उठाउन बल गर्नेभन्दा पनि आवश्यकता अनुसार बाहिरबाट सहयोग गर्ने योजना महिला नेताहरुको छ।

भुसालका अतिरिक्त अन्य महिला नेताहरु पनि पदाधिकारीको आकांक्षी हुन्। तर उनीहरु खुलेका छैनन्। सल्लाह गरेर केहीले दाबी गर्ने उनीहरुको तयारी छ। ‘अहिले हामी जम्मा ३६ जना महिला नेताहरु केन्द्रीय समितिमा छौं। सबैले दाबी गर्दा दाबीको आधार नै कमजोर हुन्छ’, ती केन्द्रीय सदस्यले भनिन्, ‘त्यसैले क-कसको सम्भावना बढी छ। उसैलाई पदाधिकारीको लागि अघि सार्ने हाम्रो तयारी हो। राष्ट्रिय सम्मेलनमा छलफल गरेर फाइनल गर्छौं।’

अहिलेसम्म पदाधिकारीमा दाबी गर्ने योजनामा ओनसरी घर्ती, उर्मिला अर्याल, जयपुरी घर्ती, शशि श्रेष्ठ, सत्या पहाडी, धर्मशिला चापागाईं, रेखा शर्मा, अमृता थापा, देवी खड्का, रेनु चन्द लगायतका नेताहरु छन्। उनीहरुले अध्यक्ष, उपाध्यक्ष र महासचिव बाहेकका पदमा दाबी गर्ने तयारी गरेका छन्। ती तीन बाहेकका पदमा दाबी गर्दा पाउने सम्भावना रहने उनीहरुको बुझाइ छ।

केन्द्रीय सदस्य रेखा शर्माले सहमतिमै केन्द्रीय समिति र पदाधिकारी टुंगिने भन्दै महिला नेताहरुले छुट्दै दाबी गर्नुपर्ने अवस्था नआउने बताइन्। ‘हाम्रो कम्युनिस्ट पार्टीमा बुर्जुवा पार्टीमा जस्तो पदका लागि तिकडम गर्नुभएन। त्यसैले आवश्यकताका आधारमा महिलाहरु केन्द्रीय समिति र पदाधिकारीमा आइहाल्छन्।

दाबी गर्नुपर्दैन’, उनी भन्छिन्, ‘यदि प्रतिस्पर्धा नै गर्नुपरेमा धेरै महिला नेताहरले पदाधिकारीमा दाबी गर्ने अवस्था आउन सक्छ।’ आफूले पनि आवश्यकता र परिस्थिति हेरेर पदाधिकारी दाबी गर्ने शर्माको भनाइ छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.