Advertisement

दलिततर्फका ९ केन्द्रीय सदस्यमा देउवापक्षका ८ जना विजयी

0 410

Advertisement

०८ पुस, काठमाडाैँ । नेपाली कांग्रेसको जारी मतगणनामा दलिततर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवापक्षले वर्चश्व कायम गरेको छ।

पार्टी कार्यालय सानेपामा सम्पन्न दलिततर्फको केन्द्रीय सदस्यको मतगणनामा ९ पदमध्ये ८ जनामा देउवापक्षका विजयी भएका छन्। दलिततर्फ पुरुष ५ र महिला ४ को परिणाम सार्वजनिक हुँदा पुरुषतर्फ एक जनामात्र इतरपक्षले जितेको छ।

दलित पुरुषतर्फको केन्द्रीय सदस्यमा प्रकाश रसाइली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली, मैकुलाल वाल्मीकि र मान बहादुर नेपाली विजयी भएका छन्। विजयीहरुमा स्नेही बाहेक सबै देउवा पक्षका हुन्।

त्यस्तै महिलातर्फ चार जना पनि देउवा पक्षकै विजयी भएका छन् । दलित महिला तर्फ सुजाता परियार,रुपा विश्वकर्मा, लक्ष्मी परियार र शान्ति परियार विक केन्द्रीय सदस्यमा विजयी भएका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.