Advertisement

जिल्ला न्यायाधीशको नजिता प्रकाशन गर्न न्याय सेवा आयोगको बैठक बस्दै

0 209

Advertisement

०७ पुस, काठमाडाैँ । पछिल्लो समय विवादित बनेपछि अधिकारविहीन रुपमा सर्वोच्च अदालत आइरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन्।

प्रधानन्यायाधीश जबराले आज (बुधबार) अपराह्न ३ जे बस्ने गरी न्याय सेवा आयोगको बैठक बोलाएका हुन्। बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्ने न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए।

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानूनी व्यवस्था रहेको छ।

नेपाल बार एसोसियसनले सर्वोच्च परिसरमै धर्ना दिएर राजीनामा माग गरिरहेको समयमा उनले वरिष्ठ न्यायाधीश, कानुनमन्त्री, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष सहभागी हुने न्याय सेवा आयोगको बैठक बोलाएका हुन्।

आयोगका अध्यक्ष प्रधानन्यायाधीश जबरा रहेका छन् भने वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्वबहादुर खाती सदस्य छन्।

पाँच सदस्यीय परिषद्का वरिष्ठ न्यायाधीश कार्कीले आफू प्रधानन्यायाधीश सहभागी हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएका छन्। आयोगको बैठकमा पनि उनी उपस्थित नहुने तयारी गरेका छन्। त्यस्तै कानुनमन्त्री र महान्यायाधिवक्ता उपस्थित नभएमा यो बैठक बस्दै नबसी स्थगित हुनेछ।प्रधानन्यायाधीश र लोकसेवा आयोगका अध्यक्ष मात्र भएर बैठकको कोरम नपुग्ने भएकाले स्थगित हुने सम्भावना रहेको स्रोतको भनाइ छ।

आयोगले २०७८ साउन १९ गते आन्तरिक, महिला, खुला, आदिवासी जनजाति र मधेसी गरी १८ जिल्ला न्यायाधीशको विज्ञापन गरेको थियो। उक्त आवेदनमा सहभागी हुँदै परीक्षामा सहभागी भएकाहरुको लोकसेवा आयोगले परीक्षा लिएको थियो। उक्त परीक्षाको लिखित परिणामपछि मौखिक अन्तर्वार्तासमेत लिनुपर्ने भएकाले परिषद्को बैठक बोलाइएको हो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.