Advertisement

मौलिक नेपाली सभ्यतालाई जीवन्त राख्नु सरकारको साझा दायित्व : प्रधानमन्त्री

0 287

Advertisement

०४ पुस, काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका छन् ।

राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताए ।

उनले काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय लागि परेको भन्दै ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न सरकार तयार रहेको बताए ।

प्रधानमन्त्री देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गरेको भन्दै कला, संस्कृति, सम्पदाको विकासमा अझ लाग्नुपर्ने बताए ।

नेपालको भौगोलिक, जैविक विविधता, प्राकृतिक र संस्कृतिक सम्पदा र सामाजिक बनावट विश्वभरमै नमुनाको रुपमा रही आएको भन्दै प्रधानमन्त्री देउवाले विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक समूहहरुको सहअस्तित्व, साझा परम्परागत मौलिक संस्कृति र सभ्य नेपाली पहिचान गौरव महत्वपूर्ण सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु हाम्रो साझा दायित्व भएको बताए ।

साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सुरक्षित बनाएको उनको भनाइ थियो ।

नेपालको विभिन्न समुदायमध्ये ज्यापु समाज आफ्नै मौलिक संस्कृति, सम्पदा र पहिचान बनेको समाज भएको भन्दै उनले यो समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.