Advertisement

खुला केन्द्रीय सदस्यको मगतणना अपडेट- सबैमा देउवापक्षको अग्रता

0 536

Advertisement

०३ पुस, काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फको मतगणना जारी रहेको छ। पार्टी कार्यालय सानेपामा जारी मतगणनाको प्रारम्भिक रुझानमा सभापति शेरबहादुर देउवा पक्षले अग्रता बनाएको छ।

केन्द्रीय सदस्य (खुला)तर्फको १ सय मत गणना गर्दा सभापति देउवापक्षको अग्रता रहेको छ। १०० मतको गणना गर्दा शशांकले ५३, उदयशम्शेर राणा ४४, रामहरी खतिवडा ४३, एनपी साउद ३७, रमेश लेखक ४२ मत पाएका छन्।

शशांक कोइराला भने शेखर कोइरालासहित देउवा पक्षको प्यानलमा थिए। केन्द्रीय सदस्य (खुला)तर्फ ३५ जना निर्वाचित गर्ने व्यवस्था छ। ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। गत सोमबार सम्मपन्न निर्वाचनमा कूल ४६७२ मत खसेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.