शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२४ मंसिर, काठमाडाैँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा १०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार १८५ रुपैयाँ कायम गरिएको छ ।
बिहीबार छापावाला सुन तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी सुन ९१ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । साथै बिहीबार सुनचाँदीको मूल्य स्थीर रहेको महासंघले जनाएको छ ।