Advertisement

गाम्बियाको राष्ट्रपति निर्वाचनमा ब्यारो दोस्रो कार्यकालमा

0 686

Advertisement

२० मंसिर, एजेन्सी । गाम्बियाको राष्ट्रपति चुनावमा आदामा ब्यारोे दोस्रो कार्यकालमा सहजै जित हासिल गर्नु भएको छ । आइतवार ढिलो नतिजा घोषणा भएपछि हजारौं समर्थकहरूले बान्जुलमा उहाँको जितमा उत्सव मनाएका समाचारमा जनाइएको छ ।

अफ्रिकी राष्ट्र गाम्बियामा राष्ट्रपति निर्वाचनका लागि गत शनिबार मतदान भएको थियो । पूर्वतानाशाह याह्या जाम्मेह निर्वासनमा भागेपछि यहाँ राष्ट्रपतिको लागि निर्वाचन शुरु भएको हो । यहाँ जाम्मेहले १९९४ मा रक्तहीन ‘कू’द्वारा सत्ता कब्जा गरेपछि २२ वर्ष शासन गरेका थिए ।

प्रतिद्वन्द्वी उम्मेदवारहरूले आंशिक नतिजालाई चुनौती दिएको केही घण्टापछि पत्रकारहरूलाई अन्तिम नतिजा घोषणा गर्दै निर्वाचन आयोगका अध्यक्ष अलिउ मोमर न्जाइले ब्यारोलाई विजयी घोषणा गर्नु भएको थियो ।ब्यारोले आफ्ना समर्थकहरूलाई ‘स्वतन्त्र, निष्पक्ष र पारदर्शी चुनाव’ मा आफ्ना विरोधीहरूलाई मतदान गर्नेहरूलाई सम्मान गर्न आग्रह गर्नु भएको छ ।

“म सक्दो गर्नेछु र गाम्बियालाई हामी सबैको लागि राम्रो ठाउँ बनाउन मेरो अधिकारमा भएका सबै स्रोतहरू प्रयोग गर्नेछु,“ उहाँले भन्नु भएको छ । पूर्ण परिणामहरू घोषणा हुनु अघि, ब्यारोका तीन प्रतिद्वन्द्वीहरूले आंशिक नतिजाहरूलाई अस्वीकार गरेका थिए । “यस चरणमा हामी अहिलेसम्म घोषणा गरिएको नतिजालाई अस्वीकार गर्छौं,“ डार्बो र अन्य दुई उम्मेदवारहरूले संयुक्त विज्ञप्तिमा भनेका थिए ।

आधिकारिक नतिजा अनुसार, ८७ प्रतिशत मतदानको साथ – अर्को पाँच वर्षको लागि – मुख्य भूमि अफ्रिकाको सबैभन्दा सानो आफ्नो देशको नेतृत्व कसले गर्ने छनोट गर्न गाम्बियनहरू शनिबार मतदान केन्द्रहरुमा पुगेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.