Advertisement

राष्ट्रिय परिचयपत्रका लागि साढे पाँच हजारको विवरण

0 733

Advertisement

१८ मंसिर, बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि हालसम्म पाँच हजार ४६३ जनाको विवरण सङ्कलन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा उक्त कार्य जारी रहेकामा बाँकी चार हजार १८९ पुरुष र एक हजार २७४ महिलाको विवरण सङ्कलन भएको कम्प्युटर अपरेटर जगदीश भट्टले जानकारी दिनुभयो । यसअघि सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले आफ्नो विवरण दिएर उक्त कार्यको सुभारम्भ गर्नुभएको थियो ।


पहिलो चरणमा जिल्ला प्रशासनबाट विवरण सङ्कलनको काम भइरहेकोे र पछि विस्तारै जिल्लाका १० वटै स्थानीय तहका ८४ वडाबाटै सङ्कलन कार्य सुरु हुने जनाइएको छ । राष्ट्रिय परिचयपत्रले ब्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले अनिवार्य रुपमा पत्र बनाउनुपर्ने प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो ।

विवरण सङ्कलन गरेर ल्याएपछि त्यसैको आधारमा परिचय पत्र बाँडिने छ । उहाँले भन्नुभयो, “नागरिकता पाएकै दिन सबै कागजपत्र पेस गरेमा परिचयपत्रका लागि आवश्यक विवरणभरी राष्ट्रिय परिचयपत्र विवरण भर्ने व्यवस्था मिलाएका छाँै ।”

बहुउपयोगी प्रमाणपत्रका रुपमा रहेको परिचय पत्र भएकाले अन्य परिचय पत्र साथमा राख्नुपर्ने झन्झट नहुने हुँदा विवरण दिन नहिचकिचाउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गर्नुभयो । । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्तिलाई आफ्ना नागरिकता र बुबा आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

दश अङ्कको नम्बर रहेको परिचय पत्रमा नागरिकताका सबै विवरणका साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरणका आधारमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.