Advertisement

विवादका कारण कार्यतालिका प्रभावित

0 556

Advertisement

१७ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत उम्मेदवारको मनोनयन अझै हुन सकेको छैन । यही मङ्सिर १५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा केही आन्तरिक विवादका कारण कार्यतालिकाअनुसार प्रक्रियामा प्रभाव परेको हो ।

महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्न देशभरबाट प्रतिनिधि छनोटमा नपरेका नामसमेत मतदाता नामावलीमा समावेश गर्न खोजिएपछि विवाद भएको आरोप लगाइएको छ ।

उम्मेदवारको नामावली फाराम वितरण, मतदाताको अन्तिम नामावली प्रकाशन, उम्मेदवारको नाम दर्तालगायत काम आज बिहान ११ बजेसम्म हुनुपर्ने कार्यसूची रहेकामा त्यसो हुन सकेको छैन । नेता सुन्दर पाण्डेका अनुसार सर्वसम्मत नेतृत्वका लागि प्रयास गरी विवाद व्यवस्थापन गर्न लागिएकाले केही समयपछि सबै कार्य सञ्चालन हुने छन् । देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् । निर्वाचनको कार्यतालिका शनिबार राखिएको छ ।

महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्नेछ । बन्दसत्रमा प्रस्तुत भएका सामाजिक, आर्थिक र राजनीतिक प्रस्तावका साथै संशोधित विधान पारित भएकोे जनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.