Advertisement

राजधानीको पूर्वोत्तर क्षेत्रमा टेलिकमको एडिएसएल सेवामा समस्या

0 381

Advertisement

१५ मंसिर, काठमाडाैँ । राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने गरेका छन् । यस क्षेत्रका शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भागमा समेत एडिएसएल इन्टरनेट सेवामा समस्या आउने गरेको छ । यो क्षेत्र नेपाल टेलिकमको जोरपाटी र इन्द्रायणी शाखाले हेर्ने क्षेत्र हो ।

जोरपाटी–थली–साँखु र जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका क्रममा रहेकाले पनि यस क्षेत्रको एडिएसएल इन्टरनेट सेवामा समस्या आउने गरेको ग्राहक रश्मी पुडासैनीले बताउनुभयो । तामाको तारबाट इन्टरनेट सेवा दिइने एडिएसएल सेवामा तार काटिएपछि हप्तौँ सेवा अवरुद्ध हुने गरेको छ ।

सडक विस्तारका क्रममा विद्युत्का खम्बा सार्ने क्रममा टेलिफोनको तारमा समेत अवरोध आउने गरेको छ । टेलिफोनको तार भूमिगत गरिएको क्षेत्रमा सडक विस्तारका क्रममा ढल हाल्ने, खानेपानीको पाइप फेर्ने, मर्मत गर्ने गर्दा समेत एडिएसएल सेवाका ग्राहक मर्कामा पर्ने गरेका छन् ।

नेपाल टेलिकम जोरपाटी शाखाका कार्यालय प्रमुख पर्वतराज न्यौपाने सबैतिर ‘फाइबर टु होम’ अर्थात् एफटिटिएच सेवा विस्तार गर्ने योजना बनिसकेकाले तामाको तार नकिन्ने नीति कार्यालयले लिएको बताउनुहुन्छ । टेलिकमको यस्तो नीतिका कारण वर्षौँदेखि पुरानो भएको एडिएसएल सेवा बाँडिएका तामाका तार परिवर्तन हुनसकेको छैन । यसले गर्दा पनि एडिएसएल सेवा चलेका बेलामा राम्रोसँग काम गर्दैन ।

एडिएसएल सेवामा पाँच एमबिभन्दा धेरै गतिको इन्टरनेट सेवा दिन नमिल्ने भएकाले पनि ढिला हुने गरेको कार्यालय प्रमुख न्यौपानेको स्वीकारोक्ति छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले न्यूनतम् २५ एमबी गतिको इन्टरनेट सेवा दिएकाले एकपटक एडिएसएल सेवा जोडेर दुःख पाएका ग्राहकले कहिल्यै सरकारी कम्पनी नेपाल टेलिकमको एडीएसएल सेवा जोड्दैनन् ।

एडिएसएल सेवा जोडेर वर्षाैँदेखि दुःख पाउनुभएका गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीका राकेश रसाइली पटक–पटक टेलिकमको शाखा कार्यालयमा गुणस्तर सुधारका लागि अनुरोध गरे पनि समस्या समाधान नहुने गरेको बताउनुहुन्छ । एडिएसएल सेवामा समस्या आउँदा आफूले सञ्चालन गरेको गोल्डेन मिसन एजुकेशन सेन्टरको काममा धेरैपटक समस्या भोग्नुपरेको उहाँले गुनासो गर्नुभयो । यो समस्या लिएर पटक–पटक रसाइली जोरपाटी शाखा कार्यालय पुग्ने गर्नुभएको छ ।

टेलिकमले पाँच वर्षअघिदेखि यस क्षेत्रमा एफटिटिएच सेवा विस्तार गर्ने भने पनि काम हुनसकेको छैन । पाँच वर्षअघि एक वर्षभित्र छिटोगतिमा इन्टरनेट सेवा दिने एफटिटिएच विस्तार गरिने भने पनि काम धेरै सुस्तगतिमा भएको ग्राहकको गुनासो छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.