Advertisement

विद्यार्थीविहीन विद्यालय खारेज गरिने

0 288

Advertisement

१५ मंसिर, दमौली । विद्यार्थी नभएका तनहुँका विद्यालयलाई खारेज गरिने भएको छ । शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी गरिएको हो ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुदका शाखा प्रमुखको मङ्गलबार सम्पन्न बैठकले विद्यार्थीविहीन विद्यालयको अनुमति खारेजीमा लैजान सबै स्थानीय तहहरूबाट तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

आर्थिक वर्ष २०७८-७९ का लागि सरकारबाट प्राप्त सशर्त अनुदानअन्तर्गत तलब भत्ता र छात्रवृत्तिलगायतका विभिन्न शीर्षकहरू अध्ययन गरी उक्त शीर्षकमा विनियोजित रकम अपुग हुने भएमा पुष्ट्याइसहित शीर्षकगतरूपमा नपुग हुने रकमको विवरण मङ्सिर मसान्तसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माग गरी पठाउने निर्णय भएको छ ।

बैठकले विद्यालयहरूमा छात्रवृत्ति रकम वितरण गर्दा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराई छात्रवृत्ति पाउने विद्यार्थीको नाम उल्लेख गरी अभिलेख राखी स्थानीय तहले तोकेको दिनमा सार्वजनिक कार्यक्रम गरी वितरण गर्ने व्यवस्थाका लागि विद्यालयलाई परिपत्र गर्ने निर्णय भएको छ ।

शिक्षकको पेशागत सहयोग र विद्यलय अनुगमनको लागि प्रत्येक स्थानीय तहमा पेशागत सहयोग समूह निर्माण गर्ने र स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइबाट समन्वयात्मकरूपमा कार्यक्रम तय गरी संयुक्तरूपमा शिक्षकको पेशागत सहयोग र विद्यालय अनुगमन सुपरीवेक्षण प्रभावकारी तरिकाले गर्ने निर्णय भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

बैठकमा स्थानीय तहमा परेका शैक्षिक समस्या र समस्या समाधानका उपाय, यस वर्षको जिल्ला र दिवाखाजा, छात्रवृत्ति, बालविकास केन्द्र व्यवस्थापन, विद्यालयमा पुस्तकालय, सूचना तथा प्रविधि ल्याव, विज्ञान प्रयोगशाला, प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, विद्यालय अनुगमन र शिक्षक पेशागत सहयोग, छात्राहरुलाई सेनेटरी प्याड वितरण, नमूना विद्यालयको निर्माणलगायतका विषयमा छलफल भएको थियो ।

घिरिङको विकट गाउँमा खानेपानी, स्थानीयवासी हर्षित

जिल्लाको घिरिङ गाउँपालिका–५ स्थित च्याचुल गाउँमा खानेपानी सुविधा पुगेको छ । वर्षौँदेखि खोला र कुवाको खानेपानी उपयोग गर्दै आएका यहाँका स्थानीयवासीलाई स्वच्छ खानेपानी सुविधा पु¥याउने उद्देश्यसहित गाउँपालिकाले खानेपानी योजना निर्माण सम्पन्न गरेको हो ।

समुद्र सतहबाट एक हजार ५० मिटर उचाइमा अवस्थित च्याचुल गाउँमा अलैँची खानेपानी योजना निर्माण सम्पन्न गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाको रु ६२ लाखको लागतमा निर्माण सम्पन्न गरिएको योजनाबाट ४६ घरधुरीमा खानेपानी विस्तार गरिएको छ ।

गत वर्षबाट निर्माण सुरु गरिएको खानेपानी योजना कोरोना त्रासका कारण केही समय ढिलाइ भएको थियो । “कोरोना त्रास न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीमा पनि उपभोक्ताबाट निरन्तर काम भएको थियो”, उहाँले भन्नुभयो, “घरघरमै खानेपानी सुविधा पुगेपछि स्थानीयवासी खुशी छन् ।” घरघरमै धारा जडान भएको खुशीयालीमा स्थानीयवासीले नाचगानसमेत गरेका छन् ।

घरघरमा धारा नहुँदा यहाँका स्थानीयवासी खानेपानीका लागि कुँवा र पँधेराको भर पर्नुपथ्र्यो । खानेपानीको जोहोका लागि बिहानैदेखि स्थानीयवासीलाई चिन्ता हुन्थ्यो । घरमै धारा पुगेपछि यहाँका स्थानीयवासीलाई अब उक्त चिन्ता हटेको छ । खानेपानी योजनाको मङ्गलबार उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले खानेपानी सुविधा नपुगेका हरेक घरमा खानेपानी पु¥याउने योजना साथ अगाडि बढेको बताउनुभयो । खानेपानी सुविधा नपुगेका ठाउँमा एक घर ः एक धारा अभियान सञ्चालन गरिएको रानाले बताउनुभयो ।

गण्डकी प्रदेश सरकार, गाउँपालिका, निर्वाचन क्षेत्र विकास कार्यक्रम, पश्चिम नेपाललगायतको सहयोगमा खानेपानी सुविधा नपुगेका गाउँबस्तीमा खानेपानी पु¥याउने अभियान सञ्चलन गरिएको छ । हालसम्म गाउँपालिकाका एक हजार ७०० घरधुरीमा एक घर ः एक धारा अभियान सम्पन्न भएको छ । करिब ४५० घरधुरीमा एक घर ः एक धारा अभियान सम्पन्न हुने चरणमा रहेको छ । घिरिङ गाउँपालिका–१ स्थित गढिपल्लो गाउँ, पोख्रेलटोल, लामादी खापा पुट्टार, जगौली र पुत्गाउँमा खानेपानी सुविधा पुगिसकेको छ भने कटहरे, बैडी, भन्सार, अत्रौली, पुट्टारमा खानेपानीको काम भइरहेको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १० करोड ६० लाख ६७ हजार ९०९ को लागतमा पाँचवटा योजना निर्माणाधीन अवस्थामा छन् । स्किम–१ अन्तर्गत कटहरेमा रु दुई करोड पाँच लाख ८३ हजार ११९, स्किम–२ अन्तर्गत पुट्टारमा रु दुई करोड १४ लाख ६८ हजार ६२१, स्किम–३ अन्तर्गत बैडीमा रु चार करोड आठ लाख १३ हजार ४२४, स्किम–४ अन्तर्गत भन्टारमा रु ५९ लाख १०४ र स्किम–५ अन्तर्गत अत्रौलीमा रु एक करोड ७३ लाख दुई हजार ६४० को लागतमा खानेपानी योजना निर्माण हुनेछ ।

बृहत् खानेपानी योजनाबाट ५९७ घरधुरी लाभान्वित हुनेछन् । डिभिजन खानेपानी कार्यालयका अनुसार स्किम–१ बाट कटहरेका ८६, स्किम–२ अन्तर्गत पुट्टारका ८५, स्किम–३ अन्तर्गत बैडीका २४२, स्किम–४ अन्तर्गत भन्टारका ३९ र स्किम–५ अन्तर्गत अत्रौलीका १४५ घरधुरी लाभान्वित हुनेछन् । सबै खानेपानी योजनामा स्थानीयवासीले १० प्रतिशत श्रमदान गर्नुपर्नेछ । सबै योजनाको सम्पन्न गर्नुपर्ने म्याद विसं २०७९ असार २४ सम्म रहेको छ ।

घिरिङ–२ स्थित देउराली, छानुङ, आरामकोट, बोहोछाप, दुम्कोट, घुर्लीछाप, माहोरकोट, कोलडाँडा, घ्याछाप, फलानठाँटी, काठेकोट, छानुङमानुङ, गजरकोटमा प्रत्येक घरमा खानेपानी सुविधा पुगेको छ । सोही वडाको भोरकोटामा खानेपानी आयोजना निर्माण सम्पन्न हुने चरणमा छ ।

घिरिङ–३ स्थित काफलडाँडा, सिलिङखोला, लामोचौतारी, बाहुनचौतारी, घिरिङ हटिया, गैराथोक, डाँडाथोक, आर्चमबासमा प्रत्येक घरधुरीमा खानेपानी सुविधा पुगेको छ भने नेवापानी, पोखरीछापमा निर्माणाधीन छ । घिरिङ–४ स्थित कोटसाभुङ, धाब्दी, बट्यौलीटारमा घरघरमा खानेपानी पुगिसकेको र रामकोट, ठामडाँडा, फूला सिफ्लुङ, करुवाटार, पुर्कोटमा सम्पन्न हुने चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.