Advertisement

इलाममा बुद्ध दर्शनमा आधारित चित्रकला प्रदर्शनी हुँदै

0 213

Advertisement

१५ मंसिर, झापा । गौतम बुद्घको दर्शनका बारेमा जानकारी गराउने उद्देश्यले इलामको कन्याममा देही आर्ट ग्यालेरीले कला प्रदर्शनी गर्ने भएको छ ।

झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ग्यालेरीले यही मङ्सिर १६ देखि १८ गतेसम्म बुद्घको दर्शनमा आधारित तीन दिवसीय कला प्रदर्शनी ‘द इम्प्रेसन्स सात महापरिनिर्वाण’ आयोजना गर्ने भएको हो ।

प्रदर्शनीमा भगवान् बुद्घको २० बाई ६ फुटको क्यानभास तथा विभिन्न २० वटा अन्य चित्रसमेत राखिने ग्यालेरीका सञ्चालक छितेन शर्पाले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा प्रदेश नं १ का १५ कलाकारहरुले कार्यशाला गरी जलरङ्ग चित्र बनाउने भएका छन् ।

कार्यक्रममा स्थानीय श्रीकृष्ण माविको खेल मैदानमा आयोजना हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको पहिलो दिन देही आर्टका सञ्चालक शेर्पाले ‘भन्ते र भिक्खा’ शीर्षकमा पर्फमेन्स आर्ट गर्ने बताउनुभयो ।

कार्यक्रममा पाँँच हजारभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ । प्रदर्शनीमा राखिएको उक्त क्यानभासको चित्र देही आर्टका कलाकारहरु छितेन शेर्पा, तुलसी श्रेष्ठ, विष्णु लिम्बू, विनोद राजवंशी, सबिन सुनुवार, रोशन सुब्बा, रीता राई, मौलिक लिम्बू, सुशील राई, अभिषेक प्रधान लगायतले तयार गरेको उहाँले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.