Advertisement

एमाले महाधिवेशनको असर काठमाडौंमा, थेगिनसक्नु जाम भएपछि थानकोटमा गाडी ‘होल्ड’

0 213

Advertisement

१० मंसिर, काठमाडाैं । चितवनमा एमाले महाधिवेशन उद्घाटन हुँदै गर्दा त्यसको असर काठमाडौंमा देखिएको छ।

एमाले महाधिवेशनका लागि सवारीसाधनको चाप बढेपछि प्रहरीले काठमाडौंमा सवारीसाधन ‘होल्ड’ गरेको हो।

invotech
धादिङ खानीखोलाबाट सवारीसाधन पास हुन नसकेपछि थानकोटमा सवारीसाधन ‘होल्ड’ गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जाम अत्यधिक भएपछि थानकोटमा सवारीसाधन केही समयका लागि ‘होल्ड’ गर्नुपरेको जानकारी दिए।

‘धादिङ खानीखोलामा अत्यधिक जाम भएर सवारीसाधन आउन-जान सकिरहेका छैनन्, त्यो जाम हट्नेवित्तिकै यहाँ होल्ड गरिएका सवारीसाधन छुट्छन्,’ उनले भने।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.