Advertisement

झापाका ५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

0 353

Advertisement

०७ मंसिर, सुरुङ्गा(झापा) । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत झापाका ५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । सोमबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं १ मा ईन्द्रबहादुर बुढाथोकी विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी गोपाल तामाङलाई पछि पार्दै जीत हासिल गर्नुभएको हो । क्षेत्र नं २ मा खगेन्द्र मौनाली निर्वाचित हुन भएको छ । क्षेत्र नं ३ मा गणेश पोखरेल निर्वाचित हुनुभयो । पोखरेलले आफ्ना प्रतिस्पर्धी राजेन्द्र घिमिरेलाई पराजित गर्दै सभापति बन्नुभएको हो ।

क्षेत्र नं ४ मा जयनारायण शाह निर्वाचित हुनुभयो । शाहले आफ्ना प्रतिस्पर्धी नारायणप्रसाद बजगाईंलाई पराजित गर्नुभयो । क्षेत्र नं ५ मा ढुण्डीराज भण्डारी निर्वाचित बन्नुभएको छ । भण्डारीले रोशनकुमार गौतमलाई पराजित गर्नुभयो ।

कुन निर्वाचन क्षेत्रबाट को– को निर्वाचित

झापा क्षेत्र नं १:

झापा क्षेत्र नं १ बाट सभापतिमा ईन्द्रबहादुर बुढाथोकी निर्वाचित हुनुभयो । सचिवमा गुणरराज भट्टराई र सुरेन्द्र बुढाथोकी निर्वाचित हुनुभएको छ । सहसचिवमा खगेन्द्रबहादुर गिरी र दीपक काफ्ले निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा अशोककुमार पोखरेल, केशवराज पाण्डे, तारावीर कटुवाल, पङ्कजविक्रम नेम्बाङ ,पुष्पराज पौडेल, प्रेम सम्बाहाम्फे, मणिकुमार उप्रेती, रामबहादुर कट्टेल निर्वाचित भएको सहायक निर्वाचन अधिकृत ज्ञानेन्द्र निरौलाले जानकारी दिनुभयो ।

यस्तै बिमल आचार्य, लोकराज ढकाल, दुर्गादेवी खतिवडा, उषा गुरुङ, गोमा भट्टराई, चन्द्रकला भट्टराई, तेजप्रसाद चौलागार्इं (तेजु), रोहितकुमार बुढाथोकी, टीका सुवेदी बराल, सुशीला रिजाल, खड्गबहादुर धिमाल, बालाजित राई निर्वाचित हुनभएको छ । त्यसैगरी डम्बरकुमारी थापा मगर, शोभा श्रेष्ठ, पोषककुमार दर्जी, गौतम मजुमदार(विकी), र कालु मेचे निर्वाचित हुनुभएको हो ।

झापा क्षेत्र नम्वर २ :

झापा क्षेत्र नं २ बाट क्षेत्रीय सभापति पदमा खगेन्द्र मैनाली निर्वाचित हुनुभएको छ । मैनालीले प्रतिस्पर्धी मोहन सुब्बालाई पराजित गर्नुभयो । सचिवमा रामबाबु धिमाल र चन्द्रप्रसाद चुँडाल निर्वाचित हुनुभयो भने सहसचिवमा जीवन थापा र नगेन्द्र बस्नेत निर्वाचित हुनुभयो ।

झापा क्षेत्र नं ३ :

झापा क्षेत्र नं ३ को सभापतिमा पुनः गणेश पोखरेल निर्वाचित हुनुभएको छ । उहाँले राजेन्द्र घिमिरेलाई पराजित गर्नुभएको हो । सचिवमा गीताप्रसाद भट्टराई र भूपाल बस्नेत विजयी हुनुभएको छ ।

महाधिवेशन प्रतिनिधिमा उर्मिलाकुमारी गौतम, तारादेवी बाराकोटी, लता कार्की र शर्मिला अधिकारी, टीकाराज ढकाल, कृष्णप्रसाद प्रसाइँ, खड्गप्रसाद राजवंशी, डम्बरसिंह सिगु, मनोज सुब्बा गौरव तथा ओमप्रकाश सरावगी विजयी हुनुभयो ।

त्यसैगरी जगतबहादुर बस्नेत, दयानन्द गोश्वामी, नवीन बिमली, विजय रिजाल, भगीरथ पोद्धार, भूमिप्रसाद राजवंशी, मोहन महर्जन, रामप्रसाद दुलाल, श्यामप्रसाद सिटौला र सीताराम खड्का महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभयो ।

झापा क्षेत्र नं ४ :

झापा निर्वाचन क्षेत्र नं ४ मा झापा गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका जयनारायण शाह तेस्रो पटक क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभयो । सचिवमा रुपनारायण खतिवडा, सुमन काफ्ले विजयी हुनुभएको छ । सहसचिवमा इन्द्रप्रसाद प्रसाईं र कोषराज गड्तौला निर्वाचित हुनुभयो । त्यस्तै सदस्य खुल्लातर्फ नरेन्द्र बस्नेत, कृष्णप्रसाद कार्की , दुर्गाप्रसाद भट्टराई, सलबहादुर लिम्बू, गणेशबहादुर राई, पशुपतिनाथ दाहाल र पदमबहादुर रिमाल निर्वाचित बन्नुभयो ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जिल्ला सभापतिका उम्मेद्वार देउकुमार थेबे सर्वाधिक मत ल्याएर विजयी हुनुभयो । त्यस्तै कात्तिकलाल राजवंशी पर्शुराम ढुङ्गाना, उत्तमबहादुर चौलागाई खत्री, किरण भट्टराई, उत्तम शर्मा सुवेदी, भक्तिप्रसाद सिटौला , सीताराम भट्टराई , एकराज उप्रेती र सन्तोषकुमार मेन्याङवो विजयी हुनुभयो ।

कविता घिमिरे बस्नेत, शान्ता बस्नेत, अञ्जुदेवी थपलिया, देवीकुमारी ओली, गीता सिटौला, धनमाया चिमरिया, खड्गबहादुर कार्की, चन्द्रमणि नेपाल, मचिन्द्र शेर्मा, भीमप्रसाद राजवंशी, सुमनकुमार गुप्ता र उजाल अली महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभयो ।

झापा क्षेत्र नं ५ :

झापा क्षेत्र नं ५ बाट सभापति पदमा ढुण्डीराज भण्डारी निर्वाचित हुनुभयो । भण्डारी पुनः क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो । क्षेत्रीय सचिवमा धर्मानन्द भट्टराई र मुकुन्द उप्रेती निर्वाचित हुनुभएको छ । सहसचिवमा गोपालराज दाहाल र डिल्ली चापागाईं निर्वाचित हुनुभयो ।

खुल्लातर्फ १० जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हुकुमसिंह राई, डा खगेन्द्र पाण्डव अधिकारी, रोहितकुमार साह, हेमन्त कार्की, सुरेश सुब्बा, राजनबहादुर ढुङ्गाना, मेदनीप्रसाद सिटौला, अनिलकृष्ण प्रसाईं, भुपालराज कटुवाल र टीकाराज सापकोटा निर्वाचित हुनुभएको छ ।

खुल्ला महिलातर्फ महेन्द्रकुमारी लिम्बू, रेगिना भट्टराई प्रसाईं, लक्ष्मी बाराकोटी र तुलसा पन्त विजयी हुनुभयो भने आदिवासी जनजाति समूह (पुरुषतर्फ) अइन्द्र विक्रम केरुङ र भूमिराज राई विजयी हुनुभयो । आदिवासी महिलामा रमा लिम्बू र फुलवती राजवंशी महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । त्यसैगरी खस आर्य पुरुषतर्फ विक्रम अधिकारी र डा नेत्र बुढाथोकी विजयी हुनुभयो । खस आर्य महिलातर्फ मन्दरा चिमरिया पौडेल र चन्द्राकुमारी खडका निर्वाचित हुनुभयो । मधेसी कोटामा सत्यनारायण चौधरी र अल्पसङ्ख्यकमा नीरज अग्रवाल निर्वाचित हुनुभयो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.