Advertisement

राजपत्रमा सूचना प्रकाशन नहुँदा लागू हुन सकेन गोलाप्रथा, प्रधानन्यायाधीशले तोके १२ इजलास

0 647

Advertisement

०६ मंसिर, काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारका लागि इजलास गठन गरेका छन्।

उनले १२ वटा इजलासमा पेसी तोकेका हुन्। सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गठन गरिएको छ।

प्रधानन्यायाधीश राणाले आफूलाई भने इजलासमा राखेका छैनन्। अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने र आफूलाई इजलासमा समेत नराख्न आग्रह गरेपछि प्रधानन्यायाधीश राणाले केही दिनदेखि आफू बाहेकको इजलास गठन गरेका छन्।

गत बुधबार सर्वोच्च अदालतको पूर्ण बैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन गरिएको थियो। तर, उक्त नियमावली हालसम्म पनि राजपत्रमा प्रकाशन नभएको कारण सर्वोच्च अदालतमा अझै पनि गोलाप्रथा सुरु हुन सकेको छैन।

नियमावली संशोधन राजपत्रमा प्रकाशन भएपनि पुनः फुलकोर्ट बसेर गोलाप्रथा कार्यान्वयनमा लैजाने गरी निर्णय भएको र राजपत्रमा प्रकाशन भएलगत्तै फुलकोर्ट बस्ने प्रवक्ता बाबुराम दाहालले बताए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.