Advertisement

अब कक्षा १ देखि १२ सम्मका पुस्तक अनलाइनमै पढ्न पाइने

0 475

Advertisement

०५ मंसीर, काठमाडौं । अब कक्षा १ देखि १२ सम्मका पुस्तक अनलाइनमै पढ्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको अनलाइन लर्निङ पोर्टलमा यो वर्षदेखि कक्षा ११ र १२ को पाठ्यक्रम पनि थपिएको हो ।

यसअघि कक्षा १० सम्मका पाठ्यक्रममात्र उपलब्ध थिए । अब कक्षा ११ र १२ का विद्यार्थीले पनि घरमै बसेर अनलाइन पढ्न पाउने भएका छन् । कक्षा ११ र १२ को अंग्रेजी, नेपाली र सामाजिक शिक्षाको पाठ्यक्रम उपलब्ध गराइएको छ ।

यी पाठ्यक्रमअन्तर्गत विद्यार्थीका लागि डिजिटल साक्षरता, सञ्चार एप्लिकेसन, अनलाइन भुक्तानी, इन्टरनेटबाट सूचना तथा अध्ययन सामग्रीको खोजी र प्रयोग, इन्टरनेट र सामाजिक सञ्जालको उत्तरदायी प्रयोग लगायतका विषय पनि समावेश गरिएको छ ।

कक्षा ११ र १२ का सबै पाठ्यक्रम भने यो प्लेटफर्ममा समावेश नभएको केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले बताए ।

‘कक्षा १ देखि १० सम्ममा प्राय सबै अनिवार्य विषय हुन्छन् । यसले गर्दा ती कक्षाका सामग्री बनाउन सहज छ । तर कक्षा ११ र १२ मा ऐच्छिक विषयहरू धेरै हुने हुँदा सबै विषय अहिले नै समेट्न सकिएको छैन’ उनले भने, ‘तर सरकारले तयार पारेको पाठ्यक्रम अनुसारका अनिवार्य विषयको सामग्री भने तयार पारेर पोर्टलमा राखिएको छ ।’

बाँकी विषयका सामग्री पनि विस्तारै थप हुँदै जाने उनले जनाए । कोरोना महामारीपछि अनलाइन शिक्षामा प्रोत्साहन मिलेको भन्दै आउने दिनमा यस पोर्टल अझ बढी परिष्कृत गरिने बताए ।

लामो समयसम्म लकडाउनका कारण विद्यार्थीको पढाइ प्रभावित भइरहेका बेला विद्यार्थीको सहजताका लागि केन्द्रले अनलाइन अध्ययन सामग्रीको रुपमा सिकाई चौतारी सञ्चालनमा ल्याएको हो ।

यो अनलाइन पोर्टलमा जान यहाँ क्लिक गर्नुहोस् । तपाईंले यो वेबसाइट अंग्रेजी वा नेपाली भाषामा चलाउन सक्नुहुन्छ ।

सिकाई चौतारीमा विद्यार्थीलाई रमाइलोसँग पढ्न विभिन्न भिडिओ सामग्री, पुस्तक, खेल सामग्री लगायतका विषयवस्तु समावेश गरिएको छ ।

त्यस अलावा तीन तहका कथासँगै अभ्यास पुस्तिकासमेत उक्त अनलाइन लर्निङ प्लेटफर्ममा राखिएको छ ।

पाठ्यक्रमसँगै लाइब्रेरी पनि उपलब्ध छ, जसमा विद्यार्थीका लागि अध्ययनका विभिन्न सामग्रीसहित शिक्षकका लागि पढाउने सामग्री पनि उपलब्ध गराइको छ । यसमा डिक्सनरी, विभिन्न खेल र क्यालकुलेटर पनि उपलब्ध छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.