राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन सर्यो
०२ मंसिर, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि प्रतिनिधिहरुको निर्वाचनको मिति सरेको छ । केन्द्रीय निर्वाचन समिति संयोजक हरिबहादुर बस्नेतले विज्ञप्ति जारी गरेर प्रतिनिधिको निर्वाचन सरेको जानकारी दिए।
मंसिर ३, ४ र ५ गते तोकिएको मिति परिवर्तन गरी नयाँ मिति तोकिएको छ। संयोजक बस्नेतका अनुसार आगामी मंसिर ६, ७ र ८ गतेका लागि नयाँ मिति तोकिएको छ।
९ गतेका लागि निर्वाचन महाधिवेशन प्रतिनिधिको नामावली राप्रपा केन्द्रीय सचिवालयमा पठाउन सचिवालय मार्फत् सबै जिल्ला निर्वाचन समितिलाई निर्देशन पनि दिइएको विज्ञप्तिमा जनाइएको छ।