Advertisement

कानुन व्यवसायीमाथिको आक्रमणबारे छानबिन नभए मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्छौं : बार उपाध्यक्ष भट्टराई

0 641

Advertisement

०२ मंसिर, काठमाडाैँ । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले सर्वोच्च अदालतलाई युद्ध मैदान बनाइएको आरोप लगाएका छन्।  बिहीबार आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी परिचालन गरेर दमन गरिएको भन्दै उनले यो घटना नियोजित भएको दाबी गरे। 

विचौलियालाई राखेर अदालत चल्न नसक्ने भएकाले आफूहरुले प्रधानन्यायाधीशको राजीनामा माग गरेको भन्दै उनले अदालतभित्र प्रहरी परिचालनको इतिहास नभएको बताए। 

‘हामी शान्तिपूर्ण रुपमा आन्दोलनमा थियौं. हामीमाथी दंगा प्रहरी परिचालन गरियो। मूलद्वारमा हामी बसेपछि प्रधानन्यायाधीशले वैकल्पिक बाटो प्रयोग गर्नुभयो, त्यता जान खोज्दा हामीमाथि प्रहार भयो’ उनले भने। उनले बारका अध्यक्षमाथि नियोजितरुपमा प्रहार भएको दाबी गरे। 

शान्तिपूर्ण आन्दोलनमा दमन भएको भन्दै यसको अनुसन्धान र आगामी आन्दोलनको अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई उनले आग्रह गरे। उनले अबिलम्ब अदालतबाट प्रहरी हटाउन गृह प्रशासनको ध्यानाकर्षण गराए। 

‘बिचौलिया र भ्रष्टका मतियारहरु बारमा प्रवेश गरेर हुलहुज्जत गर्ने काम भएको छ। ती मानिसहरु कसरी प्रवेश गरे त्यसको अनुसन्धान हुनुपर्छ’ उनले भने। 

बारले सञ्चालन गरेको आन्दोलनबाट सेवाग्राहीमा परेको असहजलाई केही समय साथ दिइदिन उनले आग्रह गरे। कानुन व्यवसायीमाथि भएको आक्रमणबारे छानबिन नभए मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने उनले चेतावनी दिए। 

‘अदालत परिसरभित्र दंगा प्रहरीबाट घाइते गराउने काम र हतियारसहितको प्रहरी प्रवेश गराउने विषयको छानबिन भएन भने हामी यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने छौं। यसको सन्तोषजनक जवाफ आएन भने हामीले त्यसविरुद्ध जाने छौं। कानुन व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा हतियारसहितका प्रहरी परिचालन गर्ने विषयको औचित्य पुष्टि हुनुपर्छ’ उनले भने।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.