Advertisement

धमाधम ठडिँदै वडा कार्यालय

0 407

Advertisement

२६ कार्तिक, बलेवा । गलकोट नगरपालिकाका वडा कार्यालयले सुविधासम्पन्न आफ्नै भवनमा बसेर सेवासमेत दिन थालेका छन् । पछिल्लो समय वडा नंं १ देखि ११ सम्म आफ्ना वडा भवन बनिसकेका छन् । नगरपालिका र प्रदेश सरकारको बजेट परिचालन गरेर भवन बनेका हुन् । “हामीले रु ३७ लाख लगानी गरेर भवन बनायौँ, अहिले सहज सेवा दिन सक्ने भएका छौँ”, वडाध्यक्ष तेजबहादुर थापाले भन्नुभयो, “थप रु १५ लाख लगानी गरेर रङरोगन र तारबारसमेत गरिसकेका छौँ ।” वडा कार्यालय एकै रङ र डिजाइनका बनेकाले गलकोटमा आकर्षकसमेत देखिएका छन् ।

नगरपालिकाको दुर्गम मानिने रायडाँडामा पनि वडा कार्यालय बनेको छ । लामो समयसम्म विद्यालयको जीर्ण भवनको कोठामा बसेको वडा आफ्नै भवनमा सरेपछि सेवा प्रवाहसमेत चुस्त भएको छ । “एउटै कोठामा लामो समयसम्म दुईवटा टेबुल राखेर बस्यौँ, अहिले बल्ल सेवा प्रवाहमा सहज भएको छ”, वडाध्यक्ष ज्ञानेन्द गौतमले भन्नुभयोे, “नगरपालिकले पर्याप्त बजेट नदिएकाले निर्माणमा ढिलाइ भयो, श्रमदानसमेत जुटाएर कामचलाउ बनाएका छौँ ।”

एकतले भवनमा कार्यालय सञ्चालनमा आइसकेको उहाँले बताउनुभयो । वडा नंं ६, ७ र ९ मा भने भवन निर्माणाधीन छन् । वडिगाड र निसीखोलामा पनि वडा कार्यालय धमाधम बन्दैछन् । वडा, पालिका र अन्य स्रोत सङ्कलन गरेर बनेका वडा भवनले सङ्घीयताका संरचना व्यवस्थित र संस्थागत बन्न थालेको जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसालले बताउनुभयो । “जे–जसरी बनेपनि भवन बनेर व्यवस्थित कार्यालय सञ्चालन गर्दा आफ्नो वडाको सान बढ्छ”, उहाँले भन्नुभयोे, “संस्थागत भइसकेका कार्यालयमा कुनै कर्मचारी वा जनप्रतिनिधि नहुँदा पनि नियमित काम गर्न सहज हुन्छ ।”

यसरी वडा तहमै भवन बनाएर व्यवस्थित बन्ने लहर चलिरहे पनि बागलुङ नगरपालिकाले भने आफ्नै भवन अलपत्र पारेको छ । अहिलेसम्म आफ्नो भवनको तयारी नै नगर्नेमा काठेखोला गाउँपालिका छ । जग्गाको व्यवस्थापन नभएपछि भवन बन्न नसकेको अध्यक्ष अमर थापाले बताउनुभयो । त्यसबाहेक ताराखोला गाउँपालिकाले आफ्नो भवनबाहेक कर्मचारी आवासगृह, सङ्ग्राहलय र सभाहल पनि बनाइसकेको छ । विषयगत कार्यालय र वडा भवन पनि व्यवस्थितरूपमा चल्न थालिसकेको अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।

बरेङले गत वर्ष नै भवन निर्माण थालेको छ भने जैमिनी नगरपालिकाले पहिलो चरणको काम थालिसकेको छ । “जग्गा प्राप्तिमा ढिला भएकाले अड्केका थियौँ, अब कामले गति लिन्छ”, नगरप्रमुख इन्द्रराज पौडेलले भन्न्ुभयोे, “क्रमशः वडा भवन पनि बन्ने क्रम सुरु हुन्छ ।” जैमिनीका वडामा भने आफ्नै भवन हुने थोरै छन् । तमानखोलामा पनि वडा भवन बन्ने क्रम सुरु भएको छ । आफ्नै प्रशासकीय भवन बनाइसकेको तमानले सुशासनलाई प्राथमिकता राखेको अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । वडाहरु पनि आफ्नै भवनमा सर्ने गरी कतै जग्गा व्यवस्थापन, कतै भवन निर्माण सुरु भएको उहाँले बताउनुभयो ।

वडा नंं १ र २ को भने अधिकांश सेवा पालिकाबाटै हुने गरेको छ । केही वडा पुराना गाविसको भवनमा सञ्चालित छन् भने केही स्थानमा अझै भाडामा छन् । जग्गाको व्यवस्थापन भएपछि भने वडाले भाडा तिर्न छाडेर भवनकै तयारी गरेको जनप्रतिनिधिले बताए ।

जन्मदिनको खर्च विपन्न विद्यार्थीलाई

जन्मदिनमा हुने खर्च कटाएर यहाँका एक युवाले विपन्न विद्यार्थीको लागि शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । घुम्टे युवा परिवार जापान शाखाका सहसचिव तथा नेपाल भलिबल सङ्घ जापानका सदस्य तुलवीर थापाले गलकोट नगरपालिका–७ मल्ममा रहेको जनहित माध्यमिक विद्यालय र प्रगति आधारभूत विद्यालयमा अध्ययनरत छ विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।

मल्म स्थायी घर भएका थापाले रु २० हजार मूल्यको शैक्षिक सामग्री सहयोग गरेको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिनुभयो । तुलवीरले विद्यार्थीलाई कपी, कलमसहित शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । जन्मदिनको अवसर पारेर थापाले जनहित माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थी विपसा थापा र प्रचण्ड बुढाथोकी, विपन्न विद्यार्थी लभिसा खड्कालाई शैक्षिक सामग्री प्रदान गर्नुभएको विद्यालयका सहायक प्रधानध्यापक भविन्द्र गौतमले जानकारी दिनुभयो ।

त्यस्तै तुलवीरले प्रगति आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थी सुप्रिया केसी र दिप्लव श्रीस, विपन्न विद्यार्थी सृष्टी विश्वकर्मालाई शैक्षिक सामाग्री सहयोग गरेको विद्यालयका प्रधानध्यापक तुलबहादुर थापाले जानकारी दिनुभयो । उक्त शैक्षिक सामग्री गलकोट –७ का वडा सदस्य लोकबहादुर थापा र घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्तरूपमा विद्यार्थीलाई हस्तान्तरण गर्नुभयो । सहयोगी थापा जनहित माध्यमिक विद्यालय र प्रगति आधारभूत विद्यालय मल्मका अक्षयकोषकर्ता, सहयोगी एवं पूर्व विद्यार्थीसमेत हुनुहुन्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.