Advertisement

वाग्मती मन्त्रिपरिषद्मा दुई मन्त्री नियुक्त

0 309

Advertisement

२५ कात्तिक, काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मौजुदा मन्त्रिपरिषद्मा गठबन्धनका दुई जना प्रदेशसभा सदस्यलाई समावेश गरी आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेल (धादिङ) र कांग्रेस संसदीय दलका सचिव निमा लामा (सिन्धुपाल्चोक) लाई मन्त्रीमा नियुक्त हुनुभएको हो । जम्कट्टेललाई आर्थिक मामिला तथा योजनामन्त्री र लामालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ । वाग्मती प्रदेश प्रमुख शर्माले नवनियुक्त मन्त्रीलाई आजै शपथ गराउनुभयो ।

गत कात्तिक ११ गते मुख्यमन्त्री पाण्डेको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो । यसअघि मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, आर्थिक मामिला तथा योजना, भूमि व्यवस्था कृषि तथा सहकारी र उद्योग पर्यटन वन तथा वातावरण गरी चार वटा मन्त्रालय सम्हाल्नुभएको थियो ।

यसैगरी सामाजिक विकासमन्त्रीमा कुमारी मोक्तान, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा कृष्णलाल भँडेल र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा कृष्णप्रसाद खनालले आआफ्नो मन्त्रालय सम्हाल्दै आउनुभएको थियो । तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गत कात्तिक १० गते मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएसँगै उक्त पदमा पाण्डे नियुक्त हुनुभएको हो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.