Advertisement

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न

0 504

Advertisement

२५ कार्तिक, पर्सा । प्रकृतिको पूजाअराधाना तथा एकता र सद्भावको सन्देश दिने छठ पर्व आज उदाउँदो सूर्यलाई व्रतालुले अघ्र्य अर्पण गरेपछि सम्पन्न भएको छ । चार दिन अघि नहाय खायबाट सुरु भएको छठ व्रतालुले उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि सम्पन्न भएको हो ।

कात्तिक शुक्लपञ्चमीका दिन रसियाव रोटी खाएर व्रतालुले सुरु गरेको ३६ घण्टे निर्जला व्रत उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै समापन भएको हो ।

वीरगञ्जको घडिअर्वा पोखरी, नगवा पोखरी, मुर्ली पोखरी, रानीघाट, छपकैया, इनर्वा, रामगढवा नगवा पोखरी, माइधिया पोखरीलगायतका स्थानमा बनाइएका छठघाटमा व्रतालुले बिहान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.