Advertisement

कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाइँदै

0 584

Advertisement

३३ कात्तिक, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताउनुभएको छ ।

मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष हुने गरी छलफल भइरहेको बताउनुभयो । अहिले निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम छ । लामो समयदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पनि कर्मचारीको अवकाश उमेर हद ६० वर्ष हुनुपर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

मन्त्री श्रेष्ठले भन्नुभयो, “म सङ्घीयतासँगै कर्मचारीमैत्री भएकाले मेरो कार्यकालमा कर्मचारीमैत्री नीति बनाउने पहल गरिरहन्छु ।”

सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थित गर्न सङ्घीय निजामती सेवा ऐन अत्यावश्यक भएकाले पटक पटक संसद् अवरुद्ध हुँदा अध्यादेशबाट भए पनि ऐन जारी गर्न सङ्घीय निजामती विधेयक संसद्बाट फिर्ता गरिएको मन्त्री श्रेष्ठले स्पष्ट पार्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.