Advertisement

आयोगका प्रतिवेदनले पाएनन् प्राथमिकता

0 547

Advertisement

१४ कार्तिक, काठमाडाैँ । सङ्घीय संसद्का पछिल्ला दुई अधिवेशनमा ‘बिजनेस’ व्यवस्थापन हुन नसक्दा संवैधानिक आयोगका प्रतिवेदन गर्जो टार्ने बहाना बने । पर्याप्त विधेयक भएर पनि दलीय सहमति नहुँदा सरकारले सदनलाई बिजनेस दिन सकेन । त्यो अवस्थामा आयोग र संसदीय समितिका वार्षिक प्रतिवेदन नै व्यवस्थापनको कार्यसूची बन्यो ।

सदनको गर्जो टार्ने आधार बनेका यस्ता प्रतिवेदनको औचित्य यत्तिमै सीमित छ । प्रतिवेदनमाथि समितिमा छलफल तथा सरोकारवालालाई सुझाव दिने अवस्था भने अझै बनेको छैन । प्रतिवेदन पेस हुन्छन् तर छलफलको प्राथमिकतामा भने कहिल्यै पर्दैनन् ।

हरेक वर्ष संवैधानिक आयोगका प्रतिवेदन संसद्मा पेस हुने गरेका छन् तर प्रतिवेदन छलफल नभएर थन्कन्छन् । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन भने अपवाद हो, जुन सार्वजनिक लेखा समितिले हरेक वर्ष छलफल गरी आवश्यक सुझाव सरोकारवाला निकायलाई दिने गर्छ । अन्य आयोगका प्रतिवेदनले महत्त्व पाउँदैनन् ।

संविधानको धारा २९३ को व्यवस्था राष्ट्रिय मानवअधिकार आयोगबाहेकका अन्य संवैधानिक आयोगका प्रतिवेदनलगायतको काम–कारबाही अनुगमन, मूल्याङ्कन र आवश्यक निर्देशन दिन सक्ने व्यवस्था गरेको छ । प्रतिनिधि सभाका समितिले प्रतिवेदनमा पनि आवश्यक निर्देशन र राय दिन सक्ने संवैधानिक प्रावधान छ । तर, उक्त संवैधानिक दायित्व परिपालनामा संसदीय समिति चुकिरहेका छन् ।

संवैधानिक आयोगले हरेक वर्ष आफ्नो प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने गर्छन् । यस्तो प्रतिवेदन सरकारका माध्यमबाट सदनमा पेस हुन्छ । सदनमा वितरीत प्रतिवेदन क्षेत्राधिकारअनुसार समितिले छलफल गर्नुपर्ने हुन्छ ।

प्रतिनिधि सभा नियमावलीको नियम १७० ले समिति र क्षेत्राधिकार तोकेको छ । सोअनुसार महालेखाको प्रतिवेदन लेखा समिति, निर्वाचन, अख्तियार, लोकसेवा आयोगजस्ता प्रतिवेदन राज्य व्यवस्था समितिको क्षेत्राधिकार पर्छ ।

मानवअधिकार आयोगको प्रतिवेदन कानुन, न्याय तथा मानवअधिकार समिति र अन्य आयोगका प्रतिवेदन महिला तथा सामाजिक समितिको क्षेत्राधिकारमा पर्छन् । प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अर्थ समितिको क्षेत्राधिकारमा पर्छ । तर, आयोगका प्रतिवेदन छलफल नहुँदा संवैधानिक निकायले विधायिकाबाट पाउनुपर्ने पृष्ठपोषण पाउन सकेका छैनन् ।

अर्कोतर्फ आयोगका गतिविधिमा सदनमार्फत नागरिक सहभागिता र सक्रियतामा कमी भइरहेको छ । तर, संसदीय समितिले व्यवस्थित रूपमा छलफल अघि बढाउन सकेका छैनन् । सदनमा पेस भएका प्रतिवेदन क्षेत्राधिकारअनुसारका समितिमा पठाइने गरिएको छ ।

किन हुँदैनन् छलफल ?

संसदीय समितिले आयोगका प्रतिवेदन छलफलको अभ्यासलाई प्राथमिकतामा राख्न नसकेको स्वयं समिति सभापतिको भनाइ छ । समितिले छलफल गरेर सदनमा प्रतिवेदन नै दिन सक्ने अधिकार भए पनि त्यो प्रयोग हुन नसकेको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल बताउनुहुन्छ ।

समितिले प्रतिवेदन छलफललाई प्राथमिकता दिनुपर्ने पोखरेलको भनाइ छ । सभापति पोखरेल भन्नुहुन्छ, “निकै विरलै अभ्यास छ । हामीले पर्याप्त छलफल गरेर छलफलको प्रतिवेदन सदनमै दिन सक्ने क्षेत्राधिकार छ तर यो अभ्यास भएको

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.