Advertisement

रावललाई ओलीले भने : तपाईंले सक्नुभएन त म के गरौं ?

0 653

Advertisement

१३ कात्तिक, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ ।

बैठकमा उपाध्यक्ष रावललले पूर्वसमझदारी अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएपछि ओलीले हस्तक्षेप गरेका थिए ।

अध्यक्ष ओलीले काम गर्न सक्दिन भनेर राजीनामा दिएपछि १० बुँदेको औचित्य सकिएको बताएका थिए । ‘तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ?,’ बैठकमा ओलीले भने, ‘अब राजीनामा दिएपछि कार्यदल पनि सकियो, १० बुँदेको उपदेयता पनि सकियो । किन कार्यदल चाहियो । तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो ।’ अध्यक्ष ओलीले पार्टीको समस्याका विषयमा पार्टीका कमिटीहरुमै छलफल हुने बताए ।

जवाफमा रावलले आफूले नसकेर राजीनामा दिएको नभई आफ्नो कुरा कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए । रावल र ओलीका बीचमा भनाभन चर्किएपछि स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य र अमृतकुमार बोहराले उनीहरुलाई रोकेका थिए ।

केन्द्रीय कमिटी सदस्यहरुले पनि स्थायी कमिटीको समस्या स्थायी कमिटीमै मिलाउनुपर्ने बताएपछि उनीहरुको विवाद रोकिएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.