Advertisement

एमालेको कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठान

0 752

Advertisement

०७ कात्तिक, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यालसलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिने भएको छ । गत वैशाखमा थापाथलीमा सारिएको कार्यालय प्रतिष्ठानको भवनमा सारिने पार्टीका महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अबका दिनमा पार्टीका कामकारबाही त्यहीँबाट सञ्चालन गर्ने गरी पार्टी र प्रतिष्ठानबीच समझदारी भएको छ ।

लामो समयदेखि बल्खुको मदननगरमा कार्यालय रहेको थियो । विसं २०७२ को भूकम्पमा सो भवन भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा कार्यालय सारिएको थियो । गत वैशाख ९ गते थापाथलीमा कार्यालय सारिएको थियो भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोही दिन मदननगरमा नयाँ भवनको शिल्यान्यास गर्नुभएको थियो । तेह्र रोपनी क्षेत्रफलमा फैलिएको सो जग्गामा दुई वर्षभित्रमा भवन बनाइने बताइएको छ । थापाथलस्थित कार्यालय साँघुरो भएकाले केही समयदेखि पार्टीले बैठक र कार्यक्रमहरू च्यासलस्थित प्रतिष्ठानमा नै गर्दै आएको थियो । मदननगरस्थित भवन २०५३ सालमा निर्माण गरिएको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.