Advertisement

प्रधानमन्त्री देउवाले प्रदेश नं १ का बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुहुँदै

0 588

Advertisement

०७ कार्तिक, झापा । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नं १ को बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न आउनुहुने भएको छ । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार प्रधानमन्त्री देउवाले मोरङ र सुनसरीको बाढी प्रभावित क्षेत्रमा आज बिहान निरीक्षण गर्ने कार्यक्रम छ ।

उहाँले आजै इलाम र पाँचथर जिल्लाको पहिरो प्रभावित क्षेत्रको समेत हवाई निरीक्षण गर्नुहुने कार्यक्रम छ । निरीक्षणपछि प्रधानमन्त्री देउवाले ती दुई जिल्लाका सीमामा रहेको राँके बजारमा प्रमुख जिल्ला अधिकारीसँग पहिराले पु¥याएको क्षति, उद्धार तथा राहतका बारेमा जानकारी लिनुहुने प्रजिअ खड्काले जानकारी दिनुभयो ।

हालै आएको बेमौसमी वर्षाका कारण प्रदेश नं १ मा बाढी र पहिराबाट ६२ जनाको मृत्यु, २० घाइते र १३ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत नबीनराज राईले जानकारी दिनुभएको छ । प्रदेशमा सबैभन्दा बढी मानवीय क्षति पाँचथर जिल्लामा भएको छ । जिल्लामा २८ को मृत्यु, १० घाइते र छ बेपत्ता भएका छन् । जिल्लाको कम्मायक, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिका पहिराले क्षति पु¥याएको छ ।

यसैगरी इलाम जिल्लामा बाढी र पहिराका कारण १४ जनाको मृत्यु, पाँच घाइते र एक बेपत्ता छन् । माङ्सेबुङ र फाकफोकथुम गाउँपालिका, माई र देउमाई, सूर्योदय नगरपालिका पहिराले क्षति पु¥याएको जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.