Advertisement

साहित्य समाजको दर्पण हो : मन्त्री कार्की

0 486

Advertisement

५ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य समाजको दर्पण भएकाले संसारलाई जोड्न यसले पुलकोरुपमा काम गरिरहेको बताउनुभएको छ ।

पत्रकार एवम् साहित्यकार वियोगी बुढाथोकीको नियात्रा सङ्ग्रह “शनैः शनैः यात्रामा”को लोकार्पण समारोहमा उहाँले उत्कृष्ट साहित्य सिर्जनामा सबै स्रष्टालाई जोड्न मन्त्रालयले कडीकारुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री कार्कीले भन्नुभयो, “सहित्य विधा राजनीति भन्दा नितान्त भिन्न छ, साहित्यलगायत समाजका हरेक विधा र क्षेत्रमा रहेका चुनौतिलाई अवसरका रुपमा रुपान्तरणका लागि सबैबाट योगदान होस् ।”

उहाँले निष्ठावान र कर्मयोगी बुढाथोकी जस्ता व्यक्तिबाट मात्रै मुलुक अटल समृद्धिमा जानेमात्र नभई समाजमा देखिएका विभेद अन्त्य हुने बताउनुभयो । पत्रकार वियोगीको बाल्यकाल, जन्मोथलो, पर्यावरण संरक्षण र स्वदेश तथा विदेश भ्रमणमा देखेका एवम् भोगेका विषयवस्तु समेटिएको उक्त कृतिमा २१ वटा लेख समेटिएको छ ।

यात्रामा भोग्नु परेका पीडा, तीता मिठा घटना र पात्र प्रवृत्तिलाई निकै कुशलतापूर्वक प्रस्तुत गरिएको उक्त कृतिमा नेपालका विभिन्न भाग र वर्मासम्मका विषयबस्तु समेटिएको छ । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरेले पछिल्ला समय साहित्य र संस्कृति विधामा पनि राजनीतिक चलखेलले विकृत तुल्याएको प्रतिक्रिया दिनुभयो ।

प्राडा कुमारप्रसाद कोइरालाले मौलिकता र बौद्धिकतामा विश्वास गरी वर्ग विशेषलाई मात्र लक्षित नगरी मानवता र समग्र विश्वहितका लागि लेखिने साहित्यलाई मात्र प्रजातन्त्रवादी साहित्यकारुपमा ग्रहण गर्न सकिने धारणा व्यक्त गर्नुभयो । पुस्तकका समालोचकद्वय अनुपमा रेग्मी र सविता विमलीले कृति नियात्रालाई चिनाउने मानककारुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।

अर्का समालोचक राजकुमार बाँनियाले लोकतन्त्र र पारदर्शीमा विश्वास राख्ने स्रष्टा वियोगीका कृतिमा समेटिएका विषयगत शीर्षकले नै सिर्जना ओजपूर्ण रहेको पुष्टि गर्छ भन्नुभयो । सो अवसरमा प्रजातन्त्रवादी लेखक अङ्क ‘शिवपुरी सन्देश’ पनि विमोचन गरियो । उक्त पत्रिकामा ४२ जना स्रष्टासम्बन्धी जानकारीमूलक लेख समेटिएको छ ।

यसअघि बुढाथोकीका दुई नियात्रासहित १५ कृति प्रकाशित भइसकेको सो अवसरमा जानकारी दिइयो । लेखक बुढाथोकीले आफूले सञ्चालनमा ल्याएको शिवपुरी सन्देश पत्रिकालाई निरन्तरता दिँंदै जीवन्त तुल्याउने अभियानमा सहयोग पु¥याउन सबैसँग आग्रह गर्नुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.