सुनको मूल्य स्थीर, चाँदीको सामान्य घट्यो
०५ कार्तिक, काठमाडाैँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार शुक्रबार सुनको मूल्य स्थीर रहेको हो ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।
सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा नै कारोबार भएको थियो । भने बिहीबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार थियो । शुक्रबार चाँदी तोलाको १० रुपैयाँले घटेको हो ।