Advertisement

कस्ता महिला बढी सम्भोग रुचाउँछन् ? (अनुसन्धान रिपोर्टसहित)

0 682

Advertisement

०२ कार्तिक, एजेन्सी । सम्भोगको विषयलाई लिएर महिला तथा पुरुषहरूका बारेमा विभिन्न कुरा तथा अड्कलबाजी गरिन्छ। मानिसहरूलाई नियाँमा सबैभन्दा बढी चासोको विषयको रूपमा रहेको यौनको विषयमा विभिन्न खाले अध्ययन भएका छन्।

केही समय पहिले अमेरिकाको इन्डियाना विश्वविद्यालयका शोधकर्ताले स्कुल बंक गर्ने, परीक्षामा फेल हुने र कण्डम विना असुरक्षित यौन सम्पर्क गर्ने आनीबानी बीचमा रहेको सम्बन्धको बारेमा यस्तो निष्कर्ष निकाले त्यसले एक पटक सोच्न बाध्य गराउँछ।

शोधकर्ताहरूले सेक्सका विषयमा एउटा अर्को सत्यको पर्दा उघारेको दाबी गरे। इण्डियाना विश्वविद्यालयका १४ देखि १७ वर्ष उमेरका किशोरीहरूका ८० हजार डायरीको अध्ययन गरेका थिए शोधकर्ताहरूले।

किशोरीहरूले आफ्नो डायरीमा लेखेका अनुभव, अनुभूति तथा विचारका साथै दैनिकीका कुराहरूको विश्लेषणबाट शोधकर्ताहरूले गज्जबको निष्कर्ष निकाले।

पुरै १० वर्ष लगाएर पूरा गरिएको उक्त अध्ययनका लागि ३८७ जना किशोरीहरूको डायरीबाट रोमान्टिक तथा शारीरिक सम्पर्कसँग जोडिएका उनीहरूको व्यवहारका विषयमा बुझ्ने कोसिस गरिएको थियो।

शोधकर्ताहरूले निष्कर्ष निकालेका छन् की जो किशोरीहरू स्कुल बंक गर्दथे र परीक्षामा फेल हुन्थे ती केटीहरू स्कुल बंक गर्ने वा परीक्षामा फेल हुने दिनमा धेरैजसो कण्डम नलगाई यौन कार्यमा सरिक हुने दर उच्च हुन्थ्यो। जबकि राम्रो शैक्षिक स्तर भएका तथा विद्यालयमा पनि नियमित रूपमा पढ्ने विद्यार्थीहरूले भने सुरक्षित यौन सम्पर्कका उपायहरू अपनाउने गरेको पाइएको थियो।

यसबाट शोधकर्ताहरूले के निष्कर्ष निकालेका छन् भने किशोर किशोरी तथा युवायुवतीमा स्कुल बंक गर्ने, परीक्षा फेल हुने र असुरक्षित यौन सम्पर्क गर्ने कार्यबीच घनिष्ठ सम्बन्ध छ।

स्कुल बंक गर्ने तथा परीक्षामा फेल हुने कुराले उनीहरूमा असुरक्षित यौन सम्पर्कलाई प्रोत्साहन गर्ने गरेको छ। यसको खास कारण पत्ता नलागे पनि असुरक्षित यौन सम्पर्कलाई बढवा दिने एउटा कारण कक्षा बंक र परीक्षामा फेल भएसँगै विद्यार्थीमा बढ्ने तनाव पनि रहेको बताइएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.