Advertisement

भारतको नेशनल डिफेन्स कोर्षको भ्रमण दलले नेपाल भ्रमण गर्ने

0 790

Advertisement

३० असोज, काठमाडौं। भारतमा सञ्‍चालित नेशनल डिफेन्स कोर्ष २०२१को भ्रमण दलले नेपाल भ्रमण गर्ने भएका छन् । धिरेन भिआइजीको नेतृत्वमा रहेको ३९ सदस्‍यीय भ्रमण दलले असोज ३१ गतेदेखि कार्तिक ६ गतेसम्‍म नेपाल भ्रमण गर्न लागेको हो ।

भ्रमण टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । टोलीले जंगी अड्‍डा भद्रकाली, मध्य कमाण्ड हेडक्वार्टर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन् ।

विगतमा पनि मित्रराष्ट्रमा उच्चस्तरका तालिममा सहभागी शिक्षार्थीहरुले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा संचालित कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीहरु पनि मित्रराष्ट्रहरुको भ्रमण गर्ने परम्परा रहि आएको छ ।

छिमेकी मित्रराष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.