Advertisement

सेवाग्राहीको काममा विशेष ध्यान दिन रक्षामन्त्रीको निर्देशन

0 231

Advertisement

२४ असाेज, विराटनगर । रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले सेवाप्रदायत कार्यालयले सेवाग्राहीको काममा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आज बिहान राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिने क्रममा उहाँले स्थानीय तहबाट समाधान हुने समस्या प्रमुख जिल्ला अधिकारीलाई र केन्द्रबाट समाधान हुने समस्या लिखितरूपमा पठाउन पनि निर्देशन दिनुभयो ।

उहाँले निर्देशनभन्दा पनि राष्ट्रसेवक कर्मचारी जनताका काममा जुट्नुपर्ने आग्रह गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङको शान्ति, सुरक्षाको अवस्था सामान्य रहे पनि चाडपर्वलाई ध्यानमा राखेर विशेष सुरक्षा व्यवस्था मिलाएको र यसका लागि एक हजार ६०० प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँले खुला सीमाका कारण हजारौँ नागरिक नेपाल–भारत ओहोरदोहोर गर्ने गरेको जानकारी दिँदै कामका लागि भारत गएका नेपाली नागरिक नेपाल प्रवेश गर्ने क्रममा ऐन्टिजेन परीक्षण गरी सोहीअनुसारको व्यवस्था मिलाइएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी दाहालले जिल्लामा आपूर्तिको समस्या नरहेको र नेपालभन्दा भारतमा प्रतिकिलो चिनीको मूल्यमा रु ३० कम रहेकाले धेरै नागरिक सीमावर्ती बजार जाने गरेको जानकारी दिँदै मोरङको भारततर्फ ६३ किमी सीमा क्षेत्रमा आपराधिक गतिविधिलाई नियन्त्रण गर्न, लागुऔषध कारोबारलाई निस्तेज पार्न र मानव बेचबिखन कार्यतर्फ पनि विशेष ध्यान पु¥याइएको जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याइएको जनाउँदै १८ वर्षमुनिका बालबालिकलाई पनि खोपको प्रबन्धतर्फ रक्षामन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सो अवसरमा प्रहरी उपरीक्षक जनार्दन जिसी, सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहता र कोशी अस्पताल विराटनगरका प्रमुख डा चुमनलाल दासले पनि आ–आफ्ना समस्या अवगत गराउनुभएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.