Advertisement

अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ : मुख्यमन्त्री भट्ट

0 188

Advertisement

२० असाेज, गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

छैसट्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित कार्यक्रममा उहाँले प्रहरी एक्लैले मात्र समाजमा हुने गरेका सबैखाले अपराध न्यूनीकरण गर्न कठिनाइ हुने भएकाले आमनागरिकको भूमिका पनि सकारात्मक हुनुपर्ने बताउनुभयो ।

विभिन्न कठिनाइका बाबजुद प्रहरीले नागरिकलाई सुरक्षा प्रदान गरिरहेको उहाँको थियो । उहाँले देशका अन्य ठाउँमा घटेका घटनाको तुलनामा सुदूरपश्चिममा सानो घटना हुँदा बढी चर्चा पाउने गरेको टिप्पणी गर्नुभयो ।

मुख्यमन्त्री भट्टले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै अपराध अनुसन्धानमा हुने ढिलाइले अपराधीको मनोबल बढ्दै गएर समाजमा शान्ति सुरक्षाको अवस्था खलबलिने अवस्थाबाट सतर्क रहनुपर्ने बताउनुभयो । उहाँले नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध कायम गरी अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त र डडेल्धुराकी अस्मिता धामीले न्याय पाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा प्राण आहुति गर्ने अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सहादत प्राप्त गर्ने प्रहरी परिवार र प्रहरी सङ्गठनलाई सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.