Advertisement

गान्धी जयन्तीमा प्रधानमन्त्री मोदीद्वारा गान्धीप्रति श्रद्धा व्यक्त

0 370

Advertisement

१७ असाेज, नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धी जयन्तीको अवसरमा शनिबार महात्मा गान्धीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका गर्नुभएको छ ।

नयाँ दिल्लीको गान्धी स्मृतिमा ‘राष्ट्रपिता’ को सम्मानमा आयोजना गरिएको प्रार्थना सभामा प्रधानमन्त्री मोदी उपस्थित हुनुभई उहाँको तस्बीरमा फूलमाला तथा अवीर चढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । कार्यक्रममा भारतका उपराष्ट्रपति भेणकैया नायडू पनि उपस्थित हनुभएको थियो ।

सन् १८६९ अक्टोबर २ मा गुजरातको पोर्बन्दर शहरमा जन्मिएका महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी) ले अहिंसात्मक प्रतिरोध अपनाएर औपनिवेशिक बेलायती शासनविरुद्धको स्वतन्त्रता संघर्षको अग्रपंक्तिमा रहेर नेतृत्व गर्नुभएको थियो ।

गान्धीकै नेतृत्वमा सन् १९४७ मा भारतले आफ्नो स्वतन्त्रता प्राप्त गर्न सम्भव भएको थियो । बापू भनेर चिनिने उहाँको ‘स्वराज’ (स्वशासन) र ‘अहिंसा’ प्रतिको अटल विश्वासले उहाँलाई विश्वभर प्रशंसा प्राप्त मिलेको थियो । उहाँको भौतिक रूप नरहेपनि उहाँको कामले उहाँ अमर रहनुभएको छ ।

विश्वव्यापी रुपमा गान्धीको जन्म जयन्तीलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइएको छ । यस अवसरलाई चिनाउन भारत र विश्वभरि थुप्रै कार्यक्रमहरू आयोजना गरिएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.