Advertisement

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसल आजबाट सञ्चालनमा

0 608

Advertisement

०१ असोज, काठमाडौं । सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दशैंरतिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।नजिकिँदै गरेको दशैँ, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी सहुलियत मूल्य पसल असोज १ गतेदेखि सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज १ गतेदेखि ३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

आम उपभोक्तालाई प्रमुख चाडपर्वका अवसरमा सहज रूपमा सुलभ मूल्यमा दैनिक उपभोग्य खाद्य सामग्रीहरू उपलब्ध गराउँदै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले त्यसलाई यो वर्ष पनि निरन्तरता दिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले जानकारी दिए ।

उनले आर्थिक न्युजसँग भने, ‘नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर असोज १ गतेदेखि व्यापकरुपमा सहुलियत पसल सञ्चालन गर्ने तयारी छ । यस वर्ष उपत्यका सहित ४३ स्थानमा पसल सञ्चालन गर्छौँ । सहुलियत पसलमा खाद्य सामग्रीको दाम निर्धारित मूल्य भन्दा सस्तो हुन्छ ।’

उनले यस वर्ष सहुलियत पसलमा ८ देखि १० भेराइटीसम्ममा चामल उपलब्ध हुने बताए । फरक फरक प्रकारका उपभोक्ताको स्वाद र खरिद सामर्थ्यलाई ध्यानमा राखेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक वस्तुका पनि धेरै भेराइटी उपलब्ध गराउँदै आएको छ। यसबारे थप स्पष्ट पार्दै उनले भने, ‘हामीसँग बिरामी, अशक्त, तन्दुरुस्त लगायत सामान्य मानिसदेखि धनाढ्यसम्मका लागि विभिन्न भेराइटीका चामल छन् । सहुलियत पसलमा पनि यी सबै भेराइटीमा चामल उपलब्ध गराउँदै छौं ।’

दशैँ आउन लाग्दा धेरैले चासो राख्ने गरेको खसी(बोका, भेडा च्यांग्राको पनि तयारीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लागेको छ। तर, यो वर्ष च्याङ्ग्राको मासु खाने उपत्यकावासीको रहर भने सहजै पुरा नहुने संकेत देखिएको छ। त्यसबारे जानकारी दिँदै उनले अगाडी भने, ‘दशैँका लागि खसिबोका र च्याङ्ग्रा ल्याउने तयारी पनि गरिरहेका छौँ । तर, तातोपानी नाका बन्द रहेका कारण च्याङ्ग्रा चाहिँ अभाव हुने हो की भन्ने भइरहेको छ । र, पनि हामी कोसिस गरिरहेका छौं । भरसक अभाव हुन दिँदैनौँ ।’

उनका अनुसार सहुलियत पसलमा गेडागुडी, दाल, चामल, आटा, गहुँ, तेल, घिउ, चिनी, नुन, चिउरा, पिठो, माछा मासु आदी पर्याप्त मात्रामा उपलब्ध हुनेछन् । घर मै बसेर सुलभ पसलबाट खाद्य सामग्री खरिद गर्न चाहनेको लागि पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यवस्था गरेको छ। उनले सस्तो डिल, मुकुन्डो नेपाल र आइसेलेक्ट जस्ता ई(कमर्स प्लेटफर्म मार्फत फ्री डेलिभरीको व्यवस्था गरिएको जानकारी दिए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले पनि असोज १ गतेदेखि ३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी रहेको जानकारी दिइन् । उनले भनिन्, ‘सहुलियत मूल्य पसल कम्पनीको कार्यालय भएका स्थानहरूबाट सञ्चालन हुनेछन् । सहुलियत पसलमा निर्धारित मूल्य भन्दा सस्तो हुन्छ र उपभोक्ताले सहज रूपमा गुणस्तरीय खाद्य सामग्री प्राप्त गर्न सक्नेछन्।’

उनका अनुसार सहुलियत पसलमा नुन, तेल, चामल, चिनी, चिउरा, गेडागुडीदेखि मासुसमेत छुट सहित सुलभ मूल्यमा पाइने छ । सहुलियत पसलमा तेल, चामल, दाल, चिउरा, पिठोमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, भटमासको तेल, गेडागुडी र कर्णाली सिमीमा प्रतिकिलो १० रुपैयाँ तथा च्याङ्ग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ ।

सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थान सञ्चालन गर्ने पसलहरुमा पाइने बस्तु तथा सामानमा पाइने छुट नूनमा २ रुपैयाँ, दालमा ५ रुपैयाँ चिउरामा ५ रुपैयाँ, आटा ५ रुपैयाँ, तेल (तोरी) ५ रुपैयाँ,तेल (सूर्यमुखी) ५ रुपैयाँ, चिनी ५ रुपैयाँ, चामल ५ रुपैयाँ रहेको छ । त्यस्तै, खासी र बोका (जिउँदो) १० रुपैयाँ, सिमी १० रुपैयाँ,फापर १० रुपैयाँ र तेल (भटमास) १० रुपैयाँ रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.