Advertisement

भारतमा कोरोनाभाइरसबाट थप २८ हजारभन्दा बढी सङ्क्रमित

0 229

Advertisement

२७ भदाै, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप २८ हजार ५९१ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २० हजार ४८७ जना केरलाका राज्यमा मात्रै रहेका छन् ।

पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । भारतका बाँकी भू–भागमा भन्दा केरलामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३२ लाख ३६ हजार ३३० पुगेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८४ हजार ९२१ रहेको छ । त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ४२ हजार ६५५ पुगेको छ । तीमध्ये ३३८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

सोही अवधिमा ३४ हजार ८८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड २४ लाख नौ हजार ८४८ रहेको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.