मंगलबार स्थीर रहेको सुनचाँदीको मूल्य बुधबार घट्यो
२३ भदाै, काठमाडाैँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको ७०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार २०० रुपैयाँ र चाँदी भाउ तोलाको १ हजार २२० रुपैयाँ कायम गरिएको छ ।
मंगलबार छापावाला सुन तोलाको ९१ हजार ४०० रुपैयाँ, तेजावी ९० हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।