Advertisement

सन्दर्भ : मोतीराम जयन्ती

0 892

Advertisement

२२ भदौ, काठमाडौं ।

कहाँसम्म्को आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकै पल्ट आँखा घुमाई दिनाले
कति मर्न लागे कति डर्न लागे

कुशे औँसी त नेपाली जीनशैलीमा धेरै नै महत्व बोकेको चाड हो । एकातर्फ कुश भित्र्याउने चटारो भने बुबाको मुख हेर्ने चटारे अर्कातिर रहन्छ नै । यसै चटारोकाबीचमा आजको दिन नेपाली साहित्य नक्षत्रका युगकवि मोतीराम भट्टको जन्मजयन्ती पनि हो । माथिको श्रृङ्गार रस मोतीराम भट्टको सृजनाबाट प्रस्तुत गर्यौं ।

मोतीराम भट्ट ( वि.सं.१९२३ कुशे औंसी —वि.सं.१९५३ कुशे औंसी ) नेपाली साहित्यको माध्यमिक कालका निर्माता र केन्द्रीय प्रतिभा हुन् । उनको जन्म वि.सं.१९२३ कुशे औंसीको दिनमा दयाराम भट्ट र रिपूमर्दिनी भट्टको गर्भबाट भएको हो । ६ वषकै कलिलो उमेरमा वनारस पुगेका भट्टको १९३१ मा व्रतबन्ध भयो । आमाको आग्रहमा उनले १४ बर्षको उमेरमा बिहे गरे पनि उनका सन्तान भने भएनन् । वनारसमा रहँदा उनले संस्कृत , फारसी र अंगे्रजीको अध्ययन गरेका थिए । उनले कोलकताबाट एस.एल.सी. गरेपनि पछि फेरि उनी एम.ए.पढ्नका लागि कलकत्ता समेत गएका थिए । तीस वर्षको अल्पायुमै पनि मोतीयुग भन्न सकिने एउटा युगको निर्माता र संवाहक भट्टमा विलक्षण प्रतिभा र बहुआयमिक व्यक्तित्व रहेको पाइन्छ । ६ वर्षको उमेरमा वनारसमा प्रवेश गरी त्यहींकोे शिक्षा आर्जन गरेका भएपनि उनमा देखिएको नेपाली भाषा र साहित्यप्रतिको चासो र राष्ट्रप्रतिको अगाध स्नेह आज पनि हाम्रा लागि अनुकरणीय छ । मोतीराम भट्टले नै कवि भानुभक्तको जीवनचरित्र लेखी वि.सं. १९४८ मा प्रकाशित गरी भानुभक्तको जीवनचरित्रको खोजी गरी यिनले भानुभक्तका रामायण, वधूशिक्षा, भक्तमाला जस्ता कृतिहरूको प्रकाशन समेत गरे । मोतीरामका यी प्रयत्नले उनलाई अन्वेषक, आलोचक र जीवनीकारका रूपमा नेपाली साहित्यकै प्रथम प्रतिभाका रुपमा उभ्याएको छ । मोतीराम भट्टले माध्यमिककालीन नेपाली कवितालाई श्रृङ्गारिकतामात्र दिएनन् , उनका सम्पूर्ण क्रियाकलाप नेपाली भाषा साहित्यकै विकास र संवद्र्धृनमा बहुआयामिक ढङ्गले प्रकट भए । आफ्नो समयका साहित्यिक नेताका रुपमा देखापर्ने भट्ट भाषा साहित्यको उत्थानद्वारा राष्ट्रकै सेवा गर्ने भावना भएका कर्मठ, सचेत, उत्साही, लगनशील, परिश्रमी, जोसिला प्रतिभावान् राष्ट्रिय विभूति हुन् । नेपाली भाषामा गजल लेख्ने परम्पराको थालनी मोतीरामले गरे । यहाँसम्म कि यिनले मोतीमण्डलीको स्थापना गरी अरूलाई समेत गजल लेख्ने प्रेरणा दिए । भट्टद्वारा प्रारम्भ भएको गजललेखन परम्पराले वर्तमानसम्म पनि निरन्तरमा पाइरहेको छ । उनी नेपाली साहित्यका गजलकार, समस्यापूर्तिकार, जीवनीकार, अन्वेषक, समालोचक, छापाखानाको प्रबन्धक र व्यवस्थापकका रूपमा ख्याति प्राप्त छन् । मोतिराम भट्टले वनारसमा रहँदा नै गोरखा भारत जीवन पत्रिकाको प्रबन्धक भएर कार्य गरे । यो पत्रिका पहिलो नेपाली मासिक पत्रिका हो ।
पिकदूत (१९४५), पञ्चक प्रपञ्च(१९४८), गजेन्द्रमोक्ष(१९४८), प्रह्लाद भक्ति कथा
(१९४८), तीजको कथा(१९४८), उषाचरित्र(१९५५), मनेद्वेग प्रवाह(१९५७) मोतीराम भट्टका गजलहरु(२०३८), मोती ग्रन्थावली(२०४५) जस्ता कृतिहरु भट्टका प्रकाशित भएका छन् । युगान्तकारी कवि व्यक्तित्व भएका मोतिराम भट्टले नेपाली कविताको प्राथमिककालीन भक्तिधारालाई वहिष्कार गर्दै श्रृङ्गारिक धाराको प्रर्वतन गरे । उनले गजलदेखि हास्यव्यङ्गय कवितासम्म र खण्डकाव्यदेखि नाटकसम्मका कृतिहरु जन्माएका छन् ।
उनलाई श्री ३ चन्द्र र देवका सहपाठी भनिन्छ । वि.सं. १९५८ वैशाख २४ मा गोरखापत्रको प्रकाशन प्रारम्भ मोतीरामकै प्रेरणाले गर्दा देवशमसेरले गरेका हुन् । दरवारमा गजल खासगरी उर्दू गजल गाएर राजा, राणाहरूलाई मनोरञ्जन दिलाए । त्यति बेला नाटक समेत उर्दू र फारसी भाषामा मञ्चन हुन्थे । उनले यो परम्परा तोड्दै शकुन्तला र प्रियदर्शिका नाटक नेपाली भाषामै मञ्चन गरे । स्वदेशी खानु, स्वदेशी लगाउनु, स्वदेशी व्यवहार गर्नु भन्ने उनको संस्कार थियो जुन कुरा सरदार रुद्रराज पाण्डेले लेखेको “ मोतीराम एक संझना ” भन्ने पुस्तकमा पाइन्छ । मोतीको गोरेटो नभेटेको भए भानु अस्ताउँथे भन्ने भनाइलाई नकार्न सकिदैन । कोलकताबाट काठमाडौँ आएपछि जन्ती जाँदा घरबेटी र जन्तीले रामायणका श्लोकमा दोहोरी गाएका रातभरी सुनेका मोतीरामले भानुभक्तलाई भेटेर रामायण छपाएरै छाडे ।
वि.सं. २०१० देखि गोपाल पाँडे “असीम” को अगुवाइमा मोती जयन्ती मनाउन थालियो । वि.सं. २०१३ मा उनलाई राष्ट्रिय विभूतिको सम्मान दिइयो र हुलाक टिकट समेत प्रकाशन गरियो ।
मोतीराम भट्टको कविता
अचल झण्डा फर्काेस् फरफर गरी कान्तिपुरीमा
रिपुको मन थर्कोस थरथर गरी छिन घरिमा ।
यवन्को राज गर्दा कति पतित हिन्दुस्थल भयो
फगत् यो नेपालको मुलुक बीच कंचन रहिगयो । ।
उनलाई कवितामा श्रृङ्गार रस भित्र्याउने श्रेय पनि दिइन्छ । राम्रा केटी देख्दा उनको मस्तिष्कमा कविता फुरिहाल्थ्यो । जस्तै:
म त भूत होइन व्यर्थै डरायौ ।
कुरा प्यारी मीठा रसिला लुकायौ ।।
नजर चार गर्दै सुटुक्कै हरायौ ।
अजव नाम पाई गजब गर्न लायौ ।।
यी सानै उमेर देखि मन हर्न लागे ।
यिनै सुन्दरीले जुलुम गर्न लागे ।।
यस बखत प्रीति गर्नु जालमा फस्नु न हो ।
आशमा पर्नु त चोखा धारमा बस्नु न हो ।।
दुई तीर रसवाला क्या नरम हेर गाला ।
नजर त अझ भालालाई नै गर्छ हाला ।।

कहाँ जन्म पाएँ, कहाँ आज आएँ
दुखीमा म पैला भनी चाल पाएँ

हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ

यीजस्ता अह्राई म बस्ने उसोरी
यिनैको हुकुंमा छुँ ऐले कसोरी

विवेक् छैन कत्ती पनी दैवलाई
न मेरै दोष् के भनूँ एसलाई

नेपाली भाषामा गजलको प्रारम्भ यिनै महान मोतीरामले गरेका हुन् । उनका गजलमा प्रेम पाइन्छ, नारी संगत र सामीप्यता पाइन्छ । श्रृंगार रसले भरिएका उनका गजलहरू अत्यन्तै लोभलाग्दा छन् ः

यी सानै उमेर देखि मन हर्न लागे ।
यस्नै सुन्दरीले जुलुम् गर्न लागे ।।

यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।

वर्तमान समयमा गजललाई अध्ययन गर्ने अथवा पछ्याउने पुस्ताले पक्कै पनि उनका श्रृंगार रसका भावहरूबाट प्रभावित भएर आफ्ना रचनाहरूमा मोतीराम भट्टलाई सम्झिएकै हुनुपर्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.