दोस्रो मैत्रीपूर्ण खेल अपडेट: पहिलो हाफ गोल रहित बराबरीमा
२० भदौ, काठमाडौं । नेपाल र भारतबिच भैरहेको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले उत्कृष्ठ प्रर्दशन जारी राखेतापनि गोलको खाता खोल्न सकेको छैन । पहिलो हाफ सकिदा दुवै टोली गोल रहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।
साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ।
नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।