Advertisement

मालपोतका करोडपति नायब सुब्बाहरु

0 564

Advertisement

११ भदाै, काठमाडाैं । मालपोत अर्थात जग्गा किनबेचपछि पास गर्ने अर्थात रजिष्ट्रेशन गर्ने अर्थात सबैले बुझ्ने भाषामा भन्नुपर्दा जग्गा सम्बन्धी कारोबार गर्ने कार्यालय । मालपोत भन्ने भन्ने वितिकै सबैले माल अर्थात पैसा नै सम्झिन्छन । हुन त माल अर्थात पैसा भनेपछि महादेव त तीन नेत्र खुल्छन भने आम नेपाली यसबाट अछुतो कसरी रहन सक्लान र । जग्गा सम्बन्धी काम सहज र सरल ढंगले होस भनेर सरकारले देशका विभिन्न स्थानमा माल अड्डाहरु स्थापना गरेको छ । यस्ता माल अड्डाहरु राणाकालिन समयमा बढि प्रचलनमा रहेका थिए ।

राणकालिन होस या पंचकालिन या लोकतन्त्रकालिन मालपोत कार्यालयमा सबैलाई थाहा छ राजश्व संकलन हुन्छ । राजश्व अर्थात रस । रस यसै पनि रसिलो र गुलियो हुने नै भयो । रस पान गर्न सबैलाई रहर लाग्छ तर सबैले मालपोतमा गएर रसपान गर्न सक्दैनन । यसका लागि कला चाहिन्छ । यस्तो कला जसमा लेखापढि देखि हाकिमसम्मलाई रिजाउने अनि दबाव र प्रभाव पार्न सक्नुपर्ने हुन्छ ।

मालपोत आम निजामती सेवाको आकर्षक कार्यालयहरु मध्येको एक कार्यालय हो । देशका प्रमुख माल कार्यालयहरुमा चाकडी अर्थात काठमाडौं उपत्यकाका चावहिल, कलंकी र डिल्लीबजार पर्छन भने उपत्यका वाहिरमा धेरै कार्यालयहरुमा नुवाकोटको विदुरमा अवस्थित मालपोत कार्यालय नुवाकोट पनि एक हो । हो यही नुवाकोटको माल अड्डका नासुहरु करोडपति बन्न सफल भएका छन । हिजो स्टोभमा अलिकती मट्टितेल बाँकी हुँदासम्म प्वाच प्वाच घोचेर हावा दिएर खाना पकाउने अनि चप्पल पड्काउदै लोकसेवाको फर्म भरेर निजामती सेवामा प्रवेश गरेर मुल ढोका अर्थात खुलाबाट पास गर्न नसकी जस्केलो अर्थात बढुवाको सहारा लिएर माथिल्लो पदमा पुग्न सफल विदुरको मालपोत कार्यालयमा कार्यरत अधिकांश कर्मचारीहरु नै करोडपति क्लबमा पर्न सफल भएका छन । यसका अधिकांश कर्मचारी हिजो कार्यालय सहयोगी र खरिदारबाट सेवा प्रवेश गरेका वर्गका पर्छन । यहाँ केही करोडपति कर्मचारीहरुको जन्मकुण्डली विश्लेषण गरेका छौ ।

नुवाकोट मालपोतका हर्ताकर्ता अर्थात मालपोतको भित्र माल अर्थात रजिष्ट्रेशनमा लामो समय वस्न सफल कर्मचारी हुन प्रकाश पौडेल । स्याङ्जामा जन्मेर पोखरामा हुर्केका पौडेल नुवाकोट मालपोतका इपिसेन्टर हुन भन्दा फरक पर्दैन । यहाँको मालपोत उनकै इशारामा चल्ने गरेको छ । रक्सी खाएको तालमा उनी फुपु दिदीहरुले वुबाको जग्गा जालझेल गरेर आफ्नो नाममा पारेपछि आफु बाध्यताले मालपोतमा छिरेको र यही टिक्ने प्रयास गरिरहेको बताउछन । तर उनको जन्म कुण्डली अर्थात निजामती किताबखानाबाट प्राप्त विवरणदेखि उनी निकट साथि भाई र विदुरका खाना खाने होटलसम्म बुझ्दा उनी बावुको जग्गा फिर्ता ल्याउन भन्दा पनि मालपोतमा अकुत कमाउन र भविष्य उज्वल बनाउन आएको कुरा छिप्दैन ।

हाल ४७ वर्ष ७ महिनाका उनी २०३० सालमा स्याङजमा जन्मिएका हुन । उनी २०६६ सालमा खरिदारको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए । उनको पहिलो पदस्थापना नुवाकोट जिल्लामा नै भएको थियो । उनी गा.बि.स सचिवबाट निजामती सेवामा प्रवेश गरी राष्ट्रपतिको कार्यालय, शहरी विकास तथा भवन निमार्ण विभाग हुदै वैदेशिक र श्रम कार्यालयहरुमा समेत काम गरेका छन । भने २०७६ देखि नुवाकोट मालपोतको रजिष्ट्रेशन शाखामा एकछत्र राज गरिरहेका छन । उनी यसरी राज गर्नुका पछाडि उनका भाइ प्रविन पौडेल निजामती सेवाको उपसचिव र श्रीमती समेत लेखा समुहकी उपसचिव पदमा कार्यरत रहेका कारण उनलाई निरन्तर वोनश मिल्दो देखिन्छ ।

म जतिको जान्ने र अब्बल कोहि छैन जस्तो गरी घमण्ड गर्ने निज निजामती सेवाका झुकले कर्मचारी अर्थात झुकिएर निजामती सेवामा प्रवेश पाएका कर्मचारी हुन । उनी लगभग ३५ वर्षको अन्तिम दिनहरुमा निजामती सेवामा प्रवेश पाएका हुन । समाजलाई कसैलाई रिस उठेमा कण्डम फुटेर जन्मिएको भने जस्तै उनले घमण्ड गर्दा उनलाई उनका साथिहरु लोकसेवाको आखाँ फुटेर जन्मिएको झुकले भनेर प्रतिवाद गर्ने गर्छन । उनी झुकले मात्रै होइन करोडपति भएपनि लोकसेवा पिडित कर्मचारी हुन । उनलाई लक्ष्मीले वास गरे पनि सरस्वतीले भने वास गर्न सकेकी छैनन । सँगै अध्ययन गरेकी श्रीमती उपसचिव र भाइ समेत उपसचिव भैसक्दा उनी भने नासुमा त्यो पनि जस्केला अर्थात बढुवाको सहारा लिन सफल भएका हुन । निजामती सेवामा अधिकांश कर्मचारीहरु श्रीमान माथिल्लो पदमा अनि श्रीमती तल्लो पदमा कार्यरत रहेको देखिन्छ जसलाई सहज रिलेशन पनि भनिन्छ तर जव श्रीमती माथिल्लो पदमा अनि श्रीमान तल्लो पदमा कार्यरत हुन्छ तब पारिवारिक सम्बन्ध कति असहज होला यो जो कोहिले सजिलै अनुमान लगाउन सक्छ ।

देशका राम्रा माल कमाई हुने कार्यालयहरु मध्ये नुवाकोट मालपोत पनि एक भएको कारण प्रकाशले दैनिक पाचदेखि दशहजार सम्म कमाइ गर्ने गरेका उनी निकट साथिहरुले पनि बताउछन । यो कुरा रक्सी खुवाई देखि निजको डकार प्रवृति र मैमत्ता व्यवहारले पनि सजिलै पुष्टि गर्छ । यही कमाइको कारण निजले काठमाडौमा घर घडेरी जोड्न सफल भएका छन । निजले का.म.न.पा-२९ मा घर बनाउन सफल भएका छन । हिजो चप्पल पड्काउदै निजामती सेवा त्यो पनि ३५ औ वसन्तमा प्रवेश गरेका प्रकाश जस्ता विरलै भाग्यमानी होलान जो रातारात करोडपति बन्न सफल भए । नेपाल न हो न अख्तियार लाग्छ अनि सम्पत्ती शुद्वीकरणको ध्यान पुग्न सफल भएको छ । यसैले त स्याङजाली गायकले लुट्न सके लुट कान्छा भनेर आफ्नै स्याङजाली प्रशासकलाई दनक हानेका छन ।

मालपोत कार्यालयमा प्रकाश पौडेलका हितैषि हुन उद्वव सन्जेल । उनी पनि प्रकाश पौडेलको टिममा नै रहेर रजिष्ट्रेशनमा रहेर रातारात अकुत कमाउन सफल थोरै भाग्यमानी कर्मचारिहरु मध्येमा पर्न सफल मध्ये एक हुन । २०४७ सालमा ललितपुरको दहचोकमा जन्मिएका संजेल खरिदारको रुपमा नै २०६९ सालमा गा.बि.स सचिवको रुपमा नुवाकोटमा पदस्थापना हुन सफल भएका हुन । उनी २०६७ सालमा बढुवा भएपश्चात प्रकाशको टिमसँगै मिलेर मालपोतको रजिष्ट्रेशनमा रजगज गर्न सफल भएका छन । २०६८ सालमा त्रिभुवन विश्वविद्यालयबाट विएस्सी गरेका संजेल लोकसेवामा पिडित कर्मचारी त हुन नै उनी लोकसेवाले म्याथ साइन्स राखेर नयाँ पाठ्यक्रम तयार गरेपछि यसैको बलबुतामा निजामती सेवामा प्रवेश गर्न सफल भएका हुन । यसो त हाल जस्तै लोकसेवामा म्याथ साइन्स नहुँदो हो त संजेल कि स्कुल पढाइरहेका हुन्थे कि विदेशीतिर हुन्थे होला तर लोकसेवाको म्याथ साइन्स निजका लागि निजामती सेवामा प्रवेश गरेर करोडपति बनाउने माध्यम बन्न पुगेको देखिन्छ ।

मालपोत कार्यालयमा करोडपति नासु हुन रामकृष्ण पाण्डे । निजको पहिलो पदस्थापना जिल्ला हुलाक कार्यालय नुवाकोटमा भएपनि निज निजामती सेवाका कमाउनिष्ट अड्डाहरुमा वस्न सफल भएका छन । उनी पनि बकुल्ला छाप चप्पल लगाएर निजामती सेवामा प्रवेश गरी बढुवा हुँदै नासु बन्न सफल भएका भए निज पाण्डे यातायात देखि मालपोतका अन्य कार्यालयका बसेर अकुत कमाउन सफल थोरै मध्येका भाग्यमानीमा पर्छन । उनले के कति कमाएका छन भन्ने कुरा निजले म्यारिज खेल्ने पोइन्टले निर्धारण गर्छ । निज पचास पोइन्ट भन्दा तल खेल्दैनन भनेर निजसँग म्यारिज खेल्ने विदुरका एक व्यापारीले नाम नबताउने शर्तमा बताए । काठमाडौंमा घर घडेरी जोड्न सफल निज पाण्डेका छोरी छोरी डाक्टर इन्जिनियर छन । एक खरिदारबाट नासु भएको मामुली कर्मचारी कसरी पचास पोइन्टका दरले म्यारिज खेल्न आँट गर्छ । र यो भन्दा रहस्यमयी कुरा त कसरी निज पाण्डेले काठमाडौंमा घर घडेरी जोड्न सफल भएका हुन । अनि कसरी छोरा छोरीलाई डाक्टर र इन्जिनियर बनाउन सफल भए । नासुका छोरा छोरी डाक्टर र इन्जिनियर हुनै हुदैन भन्ने होइन तर यो संभव कसरी हुन्छ भन्ने मात्रै प्रश्न उठाउन खोजिएको हो ।

मालपोतका एकपटक प्रवेश गरेको कर्मचारी विभिन्न कारणले निस्किन चाहदैन भनेर कोहि कर्मचारि अलिकति कमाएपछि त्यही रकम खेलाउने भन्दै मालपोतबाट सरुवा हुन चाहँदा भुमिसुधार विभागले सरुवा सहमती नदिने मात्रै होइन भएका सरुवा समेत रमाना रोक्ने गरेको देखिन्छ भने कोही कर्मचारि कमाउने उत्कण्ठ चाहना र मैले जे गरेपनि मलाई जोगाउने मान्छेहरु निजामती सेवाको माथिल्लो पदमा छन भन्ने भएपछि मालपोतमा जुका टासिएजसरी टासिने गरेका छन । यसका नेपालको ट्रेन्ड के छ भने पहिला उपत्यका वाहिरका सामान्य कार्यालयमा गएर काम सिक्ने अनि उपत्यका ताक्ने प्रवृति देखिन्छ । यो यही प्रवृतिका पात्र अर्थात नुवाकोट मालका अर्का नासु हुन अनिल गौतम । जसको पदस्थनापना २०६७ सालमा मालमा भएपश्चात निज माल वाहिरका निस्किन मानेका छैनन । उनी २०६७ देखि निरन्तर विभिन्न मालपोत कार्यालय र २०७३ देखि कलंकी मालपोतमा कार्यरत रहेका छन । उनका निकटवर्तीहरु के भन्छन भने कलकीं मालमा केही नभए पनि वर्षको एक करोड हुन्छ अरे । अव अनिल गौतम निरन्तर ४ वर्ष कलंकी मालमा वस्दा कति कमायो होला त । उनका साथिहरु उनले दिने गफ देखि उनका ब्राण्डेड लुगा, खाना, सोच आदीको हवाला दिन्छन ।

निज अनिल गौतमका ससुराली खलक निजामती सेवाको माथिल्लो पदमा रहेका कारण निज म जसरी पनि जोगिन्छु भन्ने लागेर मालपोतका किर्ना जसरी बस्न सफल भएका छन । निजामती सेवा ऐनमा नै हरेक दुई वर्षमा कर्मचारीको सरुवा गर्ने प्रावधान भएपनि निजको लगातार ४ वर्षमा एउटै कार्यालय त्यसमा अनि मालपोत भन्दा वाहिर सरुवा नहुने उनको पावर पहुँच मात्रै होइन उनले निजामती सेवा ऐनलाई नै गतिलो झाप्पड दिएका होइनन ।

यस्तै मालपोतका अर्का नवधनाढ्य भाइजान अनि तराइ मधेशका शान हुन रुपेश यादव । जो निजामती सेवमा समावेशीको भर्याङ उक्लिदै लोकसेवाले माग गरेको कोटा भन्दा कम प्रतिस्पर्धामा परेका व्यक्ती हुन । नेपालमा मधेशीलाई यसै त लिच्चड मान्छन । लिच्छड यस अर्थमा उनीहरु पैसा भनेपछि जे पनि गर्न तयार हुन्छन । हो रुपेश यादय यस्तै प्रवृतिका पात्र हुन । उनी पैसा भनेपछि जस्तो काम गर्न पनि तयार भैहाल्छन । यसैले त उनी जम्मा दुई सय रुपैयामा ४ रोपनी जग्गाको अगाडि धढ्डामा १ थपेर १४ रोपनी बनाउन सफल हुन्छन । आफै सोच्नोस त कुनै माइकल लाल होला जो दुई सय रुपैयामा जागिर माया मारेर ४ रोपनीलाई १४ बनाउन आँट गर्छन ।

उनको आँट यति मात्रै सिमित नरहेको मालपोतका कार्यतर अन्य कर्मचारीहरु बताउछन । उनी आफै लेखनदासको काम पनि गरिदिन्छन भरे कुनै कर्मचारीलाई लु यहाँ नम्बर राखिदिनोस भनेर रिक्वेस्ट गर्न पछि पर्दैनन । यति मात्रै होइन उनी आइतबारको साइन वा काम शुक्रवार नै गर्दिन पछि पर्दैनन । आइतबार के होला कसो होला को मतलब नगरी निज यसरी दुई चार सयमा विकेर त्यसमा पनि जागिर दाउमा राखेर करोडपति बन्न सफल भएका छन । कसैले आँटको कुरा गर्दा निजलाई दोस्रो चुँडामणी शर्मा समेत भन्छन । हो उनले अवसर पाउनु भने उनी चुडामणी शर्माका बाउ हुन सक्छन । चुडामणी शर्मा पनि पाँच रुपैया भष्ट्राचारको केशमा खरिदारबाट जागिर गएर पुन अधिकृतको रुपमा निजामती सेवामा इन्ट्री मार्न सफल भएका हुन । यस्तै निजामती सेवामा अकुत कमाउनेको चर्चा गर्दा पचास लाख भन्दा तलको घुस रकम स्वीकार नगर्ने नगर्ने भनेर केदार पनेर देखि भरत सुवेदीसम्मलाई लिने गर्छन ।

रुपेश यादव पैसामा जति माहिर छन त्यो भन्दा वढि केटि मालिमा पनि कमजोर छन । उनी विदुरका सस्ता र विग्रेका केटीहरु लिएर अफिस समयमै होटल डुलाइ हिड्छन । उनको यही प्रवृतिले निजलाई कोभिड समेत भएको भनेर निजकै सहकर्मीहरु बताउछन ।

यहाँ जे जति चर्चा गरियो त्यो भन्दा मुल रानो अर्थात मालपोतका किंग को बारेमा चर्चा गर्न बाँकी नै छ । मालपोतका किंग हुन मालपोत अधिकृत पूर्ण वहादुर खड्का । जो मालपोतका करोडपति होइन अरबपतिको लाइनमा हिड्दै होलान भनेर उनका स्टाफहरुले बताउछन । उनको खुवाई , बोलि ब्यवहार देखि साधारण पार्टी हुँदा ४-५ बोटल वियर यतिकै हावामा उडाउने देखि दिनै लेखनदासहरुसँग झुल हुने गरी हल्लिने प्रवृतिले पनि यो संकेत गर्छ । अक्सर मान्छेहरु रक्सी खाएको बेला साचो बोल्छन भन्छन । उनको यही बानीलाई आधार मान्ने हो भने उनी खरिदार हुँदा नै करोडपति भैसकेका थिए रे ।

नेपालको पिछडिएको जिल्ला बझाङको एक गरिब परिवारका जन्मिएका उनी निजामती सेवा जस्तो करोडपति बनाउने सेवाबाट नै उभो लागेका हुन । यसकारण त मान्छेहरु भन्ने गर्छन । यहाँ मान्छेहरु सेवा गर्न होइन जागिर खान र पैसा कमाउन आएका हुन । यो कुरा पूर्ण कुमार खड्डाको जीवन हेरे जो कोहिले सजिलै थाहा पाउन सक्छन । देशमा अख्तियारले स्ट्रीङ अपरेशन गरेको देखि सम्पत्ती शुद्विकरण विभागले छानविन गरेको समाचार आएपनि खै यि निकायहरु कहिले नुवाकोट मालपोतमा प्रवेश गर्ला । हुन त नुवाकोट मालपोत मात्रै यस्तो नहोला देशका अन्य मालपोतबाट पनि यसरी नै रातारात करोड क्लबमा निजामती कर्मचारीहरु उक्लिरहेका होलान । यसमा भुमिसुधार तथा अभिलेख विभागको योगदान पनि कम छैन । जहाँका कृष्ण प्रसाद जोशी दुई चार हजार रुपैयाका खाँदै वाहिरका कर्मचारीलाई सहमती दिने र राम्रो कार्यालयमा पदस्थापना गर्ने सम्मका हर्कत गर्दा समेत यसका पौडेल थरका महानिर्देशक मिडियाबाजी गर्दै मालपोत सुधार गरे भन्दै निजी संस्थाको पुरस्कार थाप्दै मख्ख पर्छन तर आफ्ना आँगमा भएको भैसी देखेर मात्रै सुधार लागि मिडियाबाजीको नाममा अरुको जिउको जुम्रा देख्ने प्रवृतिको विकास गर्ने हो की शेषनारायण पौडेलज्यू ।

मालपोतमा पैसाले सेटिङ कसरी मिल्छ भन्ने कुरा अरु केही हेर्न पर्दैन । नेपालमा चर्चीत बनेको एमसिसी प्रकरणले नुवाकोटलाई समेत छोएको देखिन्छ । संसदबाट अनुमोदन नभइकन नुवाकोटमा एमसीसीसँग सम्बद्व जग्गा अधिग्रहण भएर काम समेत सम्पन्न हुन लागेको देखिन्छ । पैसा भएपछि के हुदैन । कुन फाइलबाट कति पैसा झर्छ भनेर फाइल अनुसार तौलिएर पैसा लिएर काम गर्ने पूर्ण वहादुर खड्का र उनको टीमले नुवाकोटमा पनि संसदबाट अनुमोदन नभएको विषयमा जग्गा अधिग्रहण गरी पास गरेको भनेर संसदमा भिम रावलहरुले कुरा उठाउन सुरु गरेपछि उनी विभागमा च्यानल मिलाएर सुटुक्क काठमाडौंको डिल्लीबजार सरुवा भएका छन । कारवाही गर्नुपर्ने मान्छेलाई विभागले पुसस्कार दिएर डिल्लीबजार पदस्थापना गरेको छ । यसबाट नै थाहा हुन्छ खड्का बाजेको पावर र पैसाको कनेक्सन ।

यो विचमा धेरै भुमिसुधार मन्त्री फेरीए । प्रधानमन्त्रीले पनि सुशासका धेरै भाषणहरु गरे तर नुवाकोट मालपोत जस्तै देशभरका धेरै मालपोत कार्यालयहरुबाट दिन दुई गुणा र रात चार गुणा कर्मचारीहरु करोडपति बन्न सफल भैरहँदा नियाकम निकायहरु कानमा तेल हालेर बसिरहेका छन यस्तो कहिलेसम्म । नेपालमा कहिलेसम्म चप्पल पड्काउदै निजामती सेवामा प्रवेश गरेका कर्मचारिहरु करोडपति बनिरहन्छन ।

जिल्ला प्रशासनबाट करिब सय मिटर दुरीमा रहेको मालपोतमा यसरी गति नै छोडेर खुलमखुला पैसाको कारोबार हुँदा छेवैमा रहेको जिल्ला प्रशासन कार्यालय भने कानमा तेल हालेर सुतेको अनुभुत हुन्छ । मुलगेट छेउमा नै विचौलिया निषेध र अख्तियार हेटौडाको नम्बर टाँसेको प्रशासन कार्यालय र यसका नयाँ दुलाल सिडियो सापले पद वहाली हुने क्रममा नै म भष्ट्राचार र अनियमितता सहन्न भनेर उद्घोष गरेका थिए तर आफै कर्मचारीलाई डटपेनको सट्टा पाँच रुपैया पर्न लिड वितरण गर्छन र २५ रुपैया विलमा डटपेन खरिद गर्दै ५ गुणा कमिशन खान्छन अनि जिल्लाका व्यापारी र ‍औषधि पसलहरुमा २१ देखि २२ प्रतिशत कमिशन लिदाँ कारबाहीको डण्डा चलाउनछन । यसरी आफै सुइरो वितरण गर्दै डटपेनको कमिशनमा लिप्ट सिडियो सापलाई मालपोतबाट प्रकाश देखि पूर्ण वहादुर खड्काहरुले जिल्ला प्रशासनमा प्रभाव पार्दैनन होला भनेर पत्याउन मुश्किल छ । हरेक तीन महिनामा शाखा परिवर्तन गर्नोस भनेर कार्यालय प्रमुखहरुको बैठकमा निर्देशन दिने सिडियो सापले पहिला आफ्नै मुद्दा शाखामा नासुले कसरी काठमाडौंमा घर, घडेरी बनाउन सफल निलम भुषालहरुलाई शाखा परिवर्तन गरेर देखाउनु अनि मात्रै अरुलाई निर्देशन दिन मिल्छ । जिल्लाका एक कार्यालय प्रमुखले बताए ।

आफ्नै अफिसभित्र सुधार गरेर मात्रै अरुलाई निर्देशन दिएमा मात्रै त्यो प्रभावकारी हुने देखिन्छ नै सिडियो साप । आफ्नो आंङको भैसी नदेख्ने तर अरुको जुम्रामाथि खिसिट्युरी गर्दै निर्देशन दिनु त्यती न्यायसंगत हुदैन कि सिडियो साप । हैन भने किन प्रकाश, पूर्ण र यादवहरुलाई जिल्ला प्रशासन काजमा तानेर कारवाही गर्ने वा म जतिको जान्ने र बुझ्ने कोहि छैन । म नभए त मालपोत नै चल्दैन जस्तो गरेर मैमत्ता गरेर भित्तो कोपरि हिड्ने, दलालीको फेरो समातेर नुवाकोटको पैसा लगेर काठमाडौंमा घर घडेरी जोड्ने प्रकाशहरुलाई कारवाही हुन सक्दैन । के जिल्ला प्रशानसले थर्काउने अड्डा भनेको जिल्ला प्रहरी र हुलाक मात्रै हो । जिल्ला प्रशासनलाई कर्मचारी चाहिदा जहिले पनि हुलाक र प्रहरीले मात्रै बलिदान दिनुपर्ने । मालपोतका करोडपति नासुहरुलाई किन सिडियो कार्यालयले कारवाही गर्न सक्दैन । दुलाल सापमा अलिकति नैतिकता छ भने यो न्युज आउनासाथ तत्काल कारवाहीका लागि एक्सन लिनु नै उचित हुने देखिन्छ ।

जव मिडियाहरुमा मालपोतमा भष्ट्राचार विगविगी भनेर न्युज आउछ तब एक दुई दिन कुन चाहि असन्तुष्ट कर्मचारीले यस्तो गर्यो भनेर दशतिर शंका गर्ने अनि फेरी प्रकाशले क्वाटरमा नै जाड पार्टी दिएपछि सबै शान्त हुने प्रवृति देखिन सक्छ । यसमा प्रकाशले निलम मार्फत जिल्ला प्रशासनमा पनि प्रभाव पार्न सक्छन । चाकडीमा पिचएडी गरेका जिल्ला प्रशासनका मुद्वा शाखाका नासुहरुले जिल्ला प्रशासनले अहिलेसम्म मालपोतलाई यसरी कारवाही गरेकै छैन । यहाँ ल्याएर कति दिन राख्नु । काज ल्याएर पनि के गर्नु भनेर सिडियोलाई घुमाउन सक्छन । अनि यो केश पनि यतिकै फासफुस हुन सक्छ । तर नुवाकोट लुटेर काठमाडौमा अकुत पैसा थुपार्ने, सेटिङमा दलाली गर्ने र झुक्किएर लोकसेवा पास गरेर करोडपति बन्नेहरुका हकमा यो न्युज केबल एक हावाँको झोक्का मात्रै नहुन सक्छ । यसमा थप पर्दाहरु र रहस्यका पोकाहरु खुल्दै जानेछन ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.